नेयमार उत्कृष्ट खेलाडी हुन : फिफा अध्यक्ष गियनी

news-details

एजेन्सी । जारी फिफा विश्वकप फुटबलमा ब्राजिलका स्टार खेलाडी नेयमारको प्रशंसा र आलोचना दुवै उत्तिकै भइरहेको छ । यसै मेसोमा शुक्रबार विश्वकप फुटबलको समापन तयारीको बारेमा गरिएको पत्रकार सम्मेलनमा फिफा अध्यक्ष गियनी इन्फान्टिनोले नेयमार उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

ब्राजिलका एक पत्रकारले विश्वकपमा नेयमारको आलोचनाबारे सोधेको प्रश्नमा फिफा अध्यक्ष इन्फान्टिनोले नेयमारबारे आफूले नकारात्मक टिप्पणी गर्न नचाहेको बताए । उनले भने, ‘नेयमार एक उत्कृष्ट खेलाडी हुन् । म आज उनीबारे नकारात्मक टिप्पणी गर्दिन । उनले भविष्यमा राम्रो खेल्नेछन् ।’

प्रि—क्वार्टरफाइनलमा ब्राजिलका स्टार खेलाडी नेयमार मैदानमा लडेको अवस्थामा मेक्सिकोका खेलाडी म्यानुअल लायुनले बल खोस्ने बेला खुट्टामा टेकेका थिए । नेयमारले आफूलाई टेकेको र सहनै नसक्ने गरी चोट लागेको भन्दै मेक्सिकोका खेलाडीमाथि कार्डको अपिल गरेका थिए ।

तर, भीएआर र म्याच रेफ्रीले त्यस्तो फल नभएको निष्कर्ष निकालेपछि यो विषयलाई लिएर सामाजिक सञ्जालमा नेयमारले अभिनय गरेको आरोप लागेको थियो । फुटबल जानकारहरुले नेयमारले गरेको व्यवहार नराम्रो रहेको र त्यसले फुटबलरले लज्जा महसुस गर्नुपरेको आलोचना गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *