२० वर्षपछि फ्रान्ससँग बदला लिने दाउमा क्रोएसिया

news-details

इंग्ल्यान्डलार्इ पराजित गर्दै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा थ्री लायन्सलार्इ २-१ ले पराजित गर्ने क्रममा क्रोएसियाका इभान पेरिसिक र मारियो मान्डुकिचले गोल गरेका थिए। रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको अन्डरडग टोलीसँग नयाँ इतिहास रच्ने अवसर रहेको छ ।

क्रोएसियले फुटबलमा आफ्नो छाप १९९८ मै छोडेको थियो । जब क्रोएसिया पहिलो पटक १९९८ विश्वकपमा सहभागी भएको थियो । आफ्नो पहिलो उपस्तिथिमा नै सेमिफाइनल प्रवेश गर्दै क्रोएसियाले सनसनी मच्चाएको थियो । सो विश्वकपमा क्वाटरफाइनलमा जर्मनीलार्इ पराजित गर्दै सेमिफाइनल पुगेको क्रोएसियाले सेमिफाइनलमा फ्रान्सको सामना गरेको थियो ।

पहिलो पटक विश्वकपमा सहभागी जनाउँदै फाइनल पुग्ने संघारमा रहेको क्रोएसियलार्इ फ्रान्सले २-१ ले पराजित गरेको थियो । फ्रान्सले १९९८ मै आफ्नै भूमिमा पहिलो पटक विश्वकप उपाधी जितेको थियो ।

२० वर्षपछि क्रोएसियाले विश्वकपमा फेरि फ्रान्सको सामना गर्दैछ । १९९८ मा फाइनलमा पुग्न रोकेको फ्रान्स नै रसिया विश्वकपको फाइनलमा क्रोएसियाको प्रतिद्वन्द्वी रहेको छ । रसिया विश्वकपमा राम्रो फर्ममा रहेको क्रोएसिया र फ्रान्स यसपटक विश्वकप जित्दै नयाँ इतिहास बनाउने होडमा रहेको छ ।

यता, क्रोएसियाका प्रशिक्षक जाल्टको ड्यालिकले आफ्नो टोलीलार्इ विश्वकप फाइनलमा फ्रान्सविरुद्ध गोल गरी बदला लिने अवसर रहेको बताएका छन् ।

क्रोएसिया प्रतियोगितामा लगातार तेस्रो पटक एक्ट्रा टाइममा पुग्दै विजयी हुदै आएको छ । ड्यालिकले लगातार तेस्रो पटक यसरी जित्दै आएकोमा आफ्नो टोलीको प्रशंसा गरे ।

क्रोएसियाले हालसम्म फ्रान्ससँग खेलेको पाँच खेलमा विजय हासिल गर्न सकेको छैन । क्रोएसिया तीन खेलमा फ्रान्ससँग पराजित भएको थियो भने दुर्इ खेल बराबरीमा सकिएको थियो । फिफा विश्वकपमा यी दुर्इ टोली १९९८ पश्चात पहिलो पटक भिड्दैछन् ।

रसियामा अन्डरडग टोलीका रुपमा उदाएको क्रोएसियाले आइतबार बेलुकी ८:४५ बजे मस्कोको लुजनिकी स्टेडियममा फ्रान्सको सामना गर्दैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *