एनआरएनएले जानकी मन्दिरमा विद्युतीकरण गरी झिलिमिली बनाउने

news-details

गैरआवासीय नेपाली संघले धार्मिक र ऐतिहासिक महत्त्व बोकेको जानकी मन्दिरलाई विद्युतीकरणमार्फत झिलिमिली बनाउने भएको छ ।

संघले पाँच करोडको लागतमा मन्दिरको हरेक भागमा विद्युतीय बल्ब राखेर सौन्दर्यीकरण गर्ने भएको हो । करिब ५ करोड लागतमा गरिने विद्युतीकरणका सम्बन्धमा जानकी छुट गुठी र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जानकी मन्दिरको प्रागंणमा आयोजित कार्यक्रममा गुठीका तर्फबाट उत्तराधिकारी महन्थ रामरोसन दास वैष्णव र संघको तर्फबाट अध्यक्ष भवन भट्टले समझदारीपत्रमा हस्ताक्षर गरे ।

सहमति अनुसार आउँदो मंसिरमा हुने रामजानकी विवाह महोत्सवका दिन जानकी मन्दिरको विद्युतीकरणको उद्‌घाटन गरिनेछ ।

कार्यक्रममा संघका अध्यक्ष भट्टले जानकी मन्दिरमा बिजुली मात्र नभई आगामी पुस्ताका लागि जनकपुरधामको कथा देखाउने गरी सजावट गरिने बताए । गैरआवासीय संघले सुरु गरेको उज्यालो नेपाल अभियान अन्तर्गत जानकी मन्दिरमा विद्युतीकरण गर्न लागेको उनले जानकारी दिए ।

कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले जनकपुरधामको विकासका लागि स्थानीय युवाहरु पनि अगाडि बढ्नुपर्ने बताए । ‘स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रमा मन लगाएर अगाडि बढ्यौं भने छोटो समयमै जनकपुरधामको विकास हुनेछ’, उनले भने ।

यस्तै, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन यहाँका ऐतिहासिक महत्वका सम्पदाहरुको सौन्दर्यीकरण गर्नुपर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *