विहिवार, कार्तिक ०२ गते, २०७४
शुक्रवार, २०७० आश्विन ०४ गते २१:१६

(एजेन्सी)–ओसान रेन्टल अथवा ‘मिडल एज्ड गाइ रेन्टल’ जापानको अचम्मका भाडाको सुबिधाको माध्यम बनेको छ । यसको नामले भनेझैँ यसले मानिसहरुलाई अधबैंले जापानी मानिस एक घण्टाको १० डलर तिरे बापत् भाडामा लिन अनुमती दिने गर्दछ । जापानमा मानिसहरु भाडामा लिने प्रवृत्ति यो नौलो भने होइन । ह्यान्डसम ब्वाइफ्रेन्ड भाडामा लिने, साथीहरु भाडामा लिने र अझ विज्ञापनको लागि खाली तिघ्रा भाडामा लिनेजस्ता कुराहरु गरिँदै आएका छन् । यसका लागि युवा केटा केटीहरु भाडामा लिने गरिन्छ तर के पैसा तिरेर कोही मानिसहरुले अधबैंसे मानिसहरुलाई भाडामा लिने गर्दछन् त रु ओसान रेन्टलले आफ्नो यो व्यवसाय सुरु गर्नुपूर्व यस्ता कुराहरुको बारेमा पक्कै सोचे । अहिले यो कम्पनीले दुईजना अधबैंसे व्यक्ति मात्र भाडामा लिन अनुमती दिएको छ – ४६ वर्षीय ताकानोबु निसिमोतो, ओसाका कलेजका फेसन र स्टाइलिङका लेक्चरर र अर्का मिकियो सेन्दऊ, बेसबलका भूतपूर्व खेलाडी । यिनिहरु दुबैजना रमाइला व्यक्तित्वहरु देखिन्छन् र यो कम्पनीले यसरी नै आफ्नो व्यवसाय ठूलो बनाउने सोचेका छन् । आफूले १० डलर तिरेर व्यक्तिहरुलाई भाडामा लिएबापत् के पाइन्छ भन्ने सोच्दै हुनुहुन्छ भने यसको उत्तर ओसान रेन्टलको वेभसाइटले बताएको छ । एक्लै भएको अवस्थामा यी भाडामा लिइएका अधबैंसे मानिसहरु तपाईंसँग भिडियो गेम खेल्न, रमाइला कुराकानी गर्न, सपिङ गर्न र तपाईंको समय राम्रो तरिकाले व्यतित गर्न मद्दत गर्ने बताईको छ । यसरी अधबैंसे मानिसहरुलाई भाडामा लिनको लागि तपाईंले अनलाइनको सहारा लिनसक्ने ओसान रेन्टल वेभसाइटले बताएको छ । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रमाइलो संसार
1.   मध्यरातमा भुत बनेर सडकमा निस्कँदा (भिडियो)
2.   क्रिकेटमा कहिल्यै नतोडिने रेकर्डः १ बलमा २८६ रन
3.   बुढी वेश्याहरुको जिन्दगी (फोटोफिचर)
4.   रेष्टुँरामा लोकप्रिय बन्न थाल्यो मुसाको कवाब
5.   आफूमा मात्र सिमित राख्नुपर्ने ६ कुरा
6.   सेक्स लगत्तै भन्न नहुने कुराहरु
7.   एक्लो महसुस गर्दै हुनुहुन्छ ? अधबैंसे मानिसलाई भाडामा लिनुहोस्
8.   छोरीका लागि मरिन् आमा
9.   जोडी टुटेकाहरुमा सम्भोगको चाहना तिब्र
10.   महिलाको झोला कति फोहोर ?

Powered By : Unitech Media