बुधवार, माघ ०३ गते, २०७४
महिनामै करिक एक लाख रुपैयाँ कमाइ हुने दक्षिण कोरिया पुग्न भने सरल छैन, जति सरल खाडी मुलुक छ
बुधवार, २०७१ जेष्ठ १४ गते २१:२६

काठमाडौं, १४ जेठ । रोजगारीका लागि विदेशिन चाहने युवालाई कोरिया सबैभन्दा भरपर्दो मानिन्छ । उत्कृष्ट हावापानी, आकर्षक आम्दानी र रोजेकै काम पाइने भएर मात्रै होइन, कोरिया जाने युवालाई देशले जिउधनको ग्यारेन्टी गर्छ । जसले गर्दा दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक बैदेशिक रोजगारको गन्तव्य बनेको हो ।  
 
महिनामै करिक एक लाख रुपैयाँ कमाइ हुने दक्षिण कोरिया पुग्न भने सरल छैन, जति सरल खाडी मुलुक छ । कोरियन भाषा बोल्न नजान्नेलाई रोजगारीका लागि पठाइन्न, त्यसैले नेपाल सरकारले लिने रोजगार अनुमति प्रणाली (इपिएस) परिक्षा उतिर्ण गर्नेले मात्रै कोरियामा रोजगारी गर्न पाउँछन् । भाषा परिक्षा पास गरेपछि मात्रै कोरियाली रोजगारीको ढोका खुल्छ । 
 
‘कोरियाले निश्चित कोटामा नेपाल सरकारसँग कामदार माग्ने गरेको छ, त्यसैले भाषा परिक्षा पास गर्ने सबै कोरिया जान पाउँदैनन्’ वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले भने । उनका अनुसार कोरियाले माग गरेको कामदारका संख्या भन्दा तीन गुणा बढीलाई भाषा परिक्षामा पास गराइन्छ । तर, भाषा परिक्षा पास गरेका मध्ये एक तिहाईको मात्र भाग्य खुल्छ । भाषा परिक्षा पास गरेका कामदारको विवरण इपिएस शाखाले कोरिया पठाएपछि उसले छानीछानी कामदारको माग गर्छ । ‘कोरियाले कामदार छान्दा भाषा परिक्षा पास गरेमध्ये एक तिहाईले मात्र रोजगारी पाउँछन्, बाँकीलाई फाल्नुपर्छ’ बास्तोलाले भने । कोरियाको रोजगारी खाडी मुलुकको जस्तो होइन । 
 
नेपाल सरकार आफैंले श्रम सम्झौता गरी रोजगारीका लागि विदेश पठाउने कोरिया एक मात्र राष्ट्र हो । खाडी लगायतका अन्य देशमा भने सरकारले श्रम सम्झौता गर्ने र व्यवसायीले कामदार पठाउने गरेका छन् । सन् २००८ मा नेपाल–कोरियाबीच श्रम सम्झौता भएयता २४ हजार नौ सय ९८ युवा कोरिया पुगेका छन् । त्यसमध्ये २३ हजार चार सय ७० पुरुष छन् । रोजगारीका लागि कोरिया पठाउनुअघि सरकारले सम्बन्धित कामको तालिम समेत दिएर पठाउँछ ।  कोरियाले कृषि र औद्योगिक क्षेत्रमा नेपाली कामदार खटाउने गरेको छ । 
 
१८ बर्ष पुरा भई ३५ बर्ष नपुगेको युवाले एक पटकका लागि चार बर्ष १० महिना सम्म काम गर्न सक्ने प्रावधान छ । कोरियाले शारीरिक रुपमा बलियो कामदार खोज्ने गरेको छ ।   कोरिया पुगेपछि पनि रोजगारी गर्न सजिलो नहुने त्यहाँ बाट फर्किएका कामदारको बुझाई छ ।  झण्डै पाँच बर्ष कोरिया बसेर फर्किएका रुकुमका श्याम सेर्पाले नविनतम प्रविधि प्रयोगबारे नेपालीलाइृ ज्ञान नहुँदा काम गर्न गाह्रो भएको बताए । ‘हामी नेपालीलाई मेसिन चलाउन आउँदैन, त्यहाँ (कोरिया) मेसिनमा काम गर्नुपर्छ’ इपिएस कार्यालयमा भेटिएका उनले भने, ‘प्रविधि प्रयोगबारे थाहा नहुँदा धेरै समस्या आउँछ ।’ स्थानीय भाषा राम्ररी बुझ्न नसक्दा ठूलो समस्या झेल्नु परेको रौतहतका राम राणाले सुनाए । उनी केही समयको छुटीमा नेपाल आएका हुन् । 
 
भाषा परिक्षा पास गरेर कोरिया जान ठिक्क परेका मोरङका आशिष कठायत भने देशमै भनेजस्तो रोजगारी नपाएपछि बर्षौं लगाएर भाषा परिक्षा पास गरेको र विदेशीने तयारी रहेको बताए ।  ‘कोरियामा रोजगारीका लागि जान धेरै मिहेनत गरेको छु’ उनले भने, ‘स्वदेशमै भरपर्दो रोजगारी नपाएपछि बषौैंको मेहनतपछि भाषामा नाम निकालेर कोरिया जान लागेका हुँ ।’ उनले काम खोज्द विदेशीनु पर्ने बाध्यता रहेको बताए । उच्च शिक्षा हाँसिल गरेका धेरै युवा कोरियामा सामान्य रोजगारीका लागि जान फारम भर्ने गरेको इपिएस कार्यायले जनाएको छ । ‘धेरैजसो स्नातक, स्नातकोत्तर पास गरेका युवाहरु कोरिया जान फारम भर्ने गरेका छन्’ निर्देशक वास्तोलाले भने । कोरिया पुगेका अधिकांश युवा उतै काम गरेर बस्ने प्रवृत्ति चर्को छ । यसले गर्दा पछिल्लो समय धेरै कामदान कोरिया पठाउन नसकिएको उनले बताए । समयावधि सकिएर पनि कोरियाबाट नफर्केका कामदारलाई सरकारले अवैध भनेर घोषणा गर्छ । 
 
जेठ ११ गतेसम्म यस्ता अवैध कामदारको संख्या चार सय नाघेको इपिएस कार्यालयले जनाएको छ । सरकारले यो बर्षका लागि असोजमा इपिएस भाषा परिक्षा लिंदै छ । त्यसका लागि १५ साउनमा भाषा परिक्षाको फारम खुल्दैछ । 
 
यो बर्ष करिब ५० हजारले आवेदन दिने इपिएस कार्यालयको अनुमान छ । गत बर्ष ५७ हजारले आवेदन दिएका थिए । 
 
- एलिना दुलाल/नेपालपाटी 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
1.   नाट्टाको ५१ औं साधारण सभा एक झलक
2.   थाई नरेश भुमिबोलको अन्तेष्टिमा नेपालीवासीहरुको श्रद्धासुमन (फोटोफिचर)
3.   लाप्राक नमुनाबस्ती निर्माण अन्तिम चरणमा (फोटोफिचर)
4.   इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता दिनेको ओइरो (फोटो फिचर)
5.   तपाइँ कतिको सकारात्मक हुनुहुन्छ ?
6.   १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ ( फोटो फिचर )
7.   ‘आउट अफ ट्रयाक’मा श्रम मन्त्री देखि विदेशी
8.   सामाजिक सेवामा रोटरी र लिस्नर्स क्लब : रक्तदान र दन्त परिक्षण शिविर सम्पन्न ।
9.   कामदार विदेश पठाइदिएर व्यवसायीले कसैलाई गुन लगाएका होइनन्ः प्रधानमन्त्री ओली
10.   मनै लोभ्याउने रानिकोट (फोटोफिचरसहित)
11.   प्रत्येक घरका एक जनालाई जागिर दिने योजना
12.   लोक विजयसंग रेडियोमा एक घण्टा
13.   श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ?
14.   आफु मरेरै यात्रु बचाउने यी महान पाइलट
15.   फ्री भिषा फ्री टिकटको विरुद्ध मेनपावर नै बन्द गरि आन्दोलनमा व्यवसायीहरु (फोटोफिचर)
16.   मलेसियाको दुतावासमा नेपालीको पीडा (फोटोफिचर)
17.   यसरी गरियो नयाँ बर्षको स्वागत
18.   घरबेटीले बिधान बनाए भनेपछि डेरावाल पनि के कम ।
19.   नेपालको छाउपडी कुप्रथाबारे गार्डियनको फोटोकथा
20.   सजिलो छैन कोरियाको रोजगारी
21.   वैदेशिक रोजगार विभागको बेहाल (फोटो फिचर)
22.   मण्डेलाको अन्तिम विदाइ(फोटोफिचर)
23.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
24.   स्वस्थ मासु र रमाइलो दसैं
25.   विजयादशमिको पहिलो दिन घटस्थापना
Results 32: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media