सोमवार, असार ११ गते, २०७५
सगरमाथा समुहको नयां बर्ष साँगीतिक कार्यक्रम
सोमवार, २०७० चैत्र ३० गते ००:२३

पीवी श्रेष्ठ, मस्कट, ओमान/ नयाँ बर्ष २०७१ को आगमनलाई अग्रिम स्वागत गर्दै सगरमाथा समुह ओमानले आफ्नो छैटौं प्रस्तुती स्वरुप आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रममा गायक प्रमोद खरेल र गायिका दुर्गा खरेलले हंगामा मच्चाएका छन् । खरेलद्वयले मस्कटका नेपालीलाई साँगीतिक खुराक पस्केर भरपुर मनोरञ्जन प्रदान गरेका हुन् ।

कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउने उद्देश्यले मस्कट झरेका प्रमोद तथा दुर्गाले नयाँ वर्षको शुभकामना सँगै आफ्ना हिट गीतहरु प्रस्तुत गर्दा ओमानवासी नेपालीहरु दिल खोलेर नाच्न भ्याए । मस्कटको रुवीमा शुक्रवार दिउँसो आयोजना गरिएको कार्यक्रममा स्थानिय कलाकारले समेत आफ्नो प्रस्तुति दिएका थिए ।

दिनको २ बजेबाट संञ्चालन गरिएको कार्यक्रममा समुहका अध्यक्ष तथा कार्यक्रमका सभापति राजेन्द्र चौधरीले स्वागत मन्तव्य दिएपछि कार्यक्रमको औपचारिक शुरुवात भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास ओमानका कार्यवाहक राजदूत झविन्द्र अर्याल कार्यब्यस्तताले उपस्थित हुन नसकेकोमा टेलिफोन सन्देश पठाई नवबर्ष २०७१ को शुभकामना तथा कार्यक्रमको सफलताको कामना गरेका थिए । एनआरएन ओमानका अध्यक्ष डिवी क्षेत्रीले प्रवासमा बसेर भएपनि नेपाली कला सँस्कृतिलाई माया गरेकोमा उपस्थित सम्पूर्ण नेपालीलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित बिभिन्न संघ संस्थाका बिशिष्ट ब्यक्तिहरुले नवबर्षको शुभकामना तथा नेपाली क्लब दर्ता लगायत अन्य समसामयिक बिषयमा आ—आफ्नो मन्तव्य दिएका थिए ।

कार्यक्रममा नेपाली चलचित्र ‘बिन्दास २’ को सुन्छु तिमिलाई नामको गीत कम्मर मर्काई मर्काई गाएर सम्पुर्ण जनमानसलाई नचाएकी गायिका खरेलले आफ्ना चर्चित गीतहरुले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराउन सफल भइन् । उनले आफ्ना लोकप्रिय आधादर्जज गीत पस्किदा दर्शकको इच्छा पुरा नभएपछि दोहो¥याएकी समेत थिइन ।

त्यस्तै लोकप्रिय गायक प्रमोद खरेलले पनि आफ्ना चर्चित गीतहरु स्टेजबाट गाउन नपाउँदै दर्शकदिर्घा बाट गाउन शुरु हुन्थ्यो । ‘मेरो दिल छ पोखरामा, पापीमायाले, हंगामा लगायतका गीतले उनले स्टेज तताएका थिए । गायक÷गायिकाद्धयको बेजोड प्रस्तुतीले गर्दा दर्शकहरुले कार्यक्रमको अन्त्यमा पनि अनुरोध गरी पुनः गाउन लगाउँदा माहोल अझ रोमाञ्चक भएको थियो । कार्यक्रमलाई सफल बनाउन स्थानिय कलाकारहरुको समुह मिर्मिरे सांस्कृतिक परिवारले पनि आफ्नो कला पस्केको थियो ।

कार्यक्रममा सहभागी स्थानिय कलाकारहरुलाई मायाको चिनो तथा प्रमाणपत्र दिएर आयोजक समुहले कलाकारहरुको सम्मान गरेका थिए । कार्यक्रम संयोजक रविन शिल्पकारले कार्यक्रम अत्यन्तै सफल भएको बताउँदै भावी दिनमा पनि यस्तो कार्यक्रम गर्दै जाने बताए । कार्यक्रममा वैदेशिक रोजगार पत्रकार समाजका प्रवक्ता तथा अर्थ र रोजगारका सम्पादक उद्वबराज भट्टराईको सहभागिता रहेको थियो ।






प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित
2.   एकताको सन्देश दिने विश्वकपको गीत
3.   लोकदोहोरीमा उदाउदै सरीता
4.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
5.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
6.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
7.   सांगीतिक उचाइमा मञ्जु
8.   प्रवासमा चम्कदै नवराज
9.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
10.   समाजसेवामा समर्पण
11.   फरकधारका सिर्जनामा रमाउछु
12.   सुमधुर आवाजकी धनी टीका प्रसाई
13.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
14.   दुर्गा खरेल : स्वरमै जादु
15.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
16.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
17.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
18.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
19.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
20.   ओमानमा जनगायक जीवन शर्मा
21.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
22.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
23.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
24.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
25.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
Results 27: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media