शुक्रवार, असार ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०५:५८

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अतिरिक्त भार थपेको आरोपमा पक्राउ परेका भीएलएन नेपालका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
 
बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमर बस्नेतको इजलानसले १० लाख धरौटीमा छाड्न आदेश दिए पछि श्रेष्ठ आजै रिहा भएका हुन । उनीमाथि ललितपुर प्रहरी कार्यलयमा पनि उजुरी परेकोमा ललितपुर प्रहरीले काठमाडौ प्रहरीलाई बयानका लागि पठाउन पत्र पठाएपनि श्रेष्ठ भोली मात्रै ललितपुरमा बयानका लागि जाने बुझिएको छ ।  
 
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले ललितपुर प्रहरीबाट पत्र आएपनि श्रेष्ठ काठमाडौ जिल्ला अदालतको आदेश अनुसार रिहा भएको पुष्टि गरेका छन ।
 
प्रहरीले गत ७ जेठमा भीएलएनको कार्यालयमा छापा मारेर सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको थियो । मलेसियाको भिसा प्रोसेसिङको कार्य गर्दै आएको भिएलएन र वानस्टप सेन्टरलाई सरकारी वकिलको कार्यालयले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
401.   बर्खास्त गर्ने निर्णयको विरुद्ध राजदुत शर्मा सर्वोच्चमा
402.   नेपाल–ईटाली उद्योग वाणिज्य संघ गठन
403.   राजदूत शर्मा अदालत जाने
404.   राजदुत शर्मालाई पदमुक्त गर्ने मन्त्रीपरिषदको निर्णय
405.   नराम्रो प्रचारवाजीले म डराउँदिन : राजदूत डा.शर्मा
406.   कतार फुटबल एसोसिएसनबाट सागर नेपाल सम्मानित
407.   मोरङ–सुनसरी सेवा समाजको नवौं साधारण सभा सम्पन्न, अध्यक्षमा तामाङ
408.   दूतावासका भ्रष्ट कर्मचारीलाई तत्काल फिर्ता बोलाउन माग
409.   मायाकुमारी शर्मा राजदूतबाट बर्खास्त हुदै
410.   १० नेपाली साउदीमा अलपत्र
411.   सिराहा सेवा समाजको शुभकामना आदानप्रदान कार्यक्रम
412.   परिचयात्मक भेटघाट सम्पन्न
413.   कतारमा मृत्यु भएका परियारको शव आयो
414.   स्याङ्जा सेवा समाजद्वारा मृतकको परिवारलाई सहयोग
415.   जर्मनीमा नेपाल फेस्टिवल
Results 415: You are at page 17 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17

Powered By : Unitech Media