शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
201.   मलेसियासँग श्रम सम्झौताका लागि निचोडमा पुग्दै सरकार
202.   नागरिक उड्डयन प्राधिकरणले माग्यो १२७ कर्मचारी
203.   विदेशबाट नै परीक्षा दिने व्यवस्था गरिदिन माग
204.   संघको विधान बिपरित पास गरिएको संशोधनलाई सीडीओ कार्यालयले कसरी दियो वैधानिकता ?
205.   अमेरिकाले कडाइ गरेपछि मेक्सिकोमा ३ सय नेपाली अलपत्र
206.   २८ मृतकका परिवारलाई कुवेतबाट पाँच करोड क्षतिपूर्ति
207.   इपीएस भाषा परीक्षाको अनलाईन फारम चैत्र पहिलो हप्ता खुल्ने
208.   बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराउन ७ दिने अल्टिमेटम
209.   फ्री भिषा र फ्री टिकटको निर्णायक छलफल गछौं : राज्यमन्त्री गच्छदार
210.   विदेशबाट फर्किएका उद्यमीलाई सरकारले पुरस्कृत गर्ने
211.   वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक लिथुनिया खुल्ला गरिदै
212.   कामदारलाई आर्थिक भार पार्ने प्रक्रिया खारेज गर्न संघको चेतावनी
213.   अनलाइन प्रणालीको सुरुवातसँगै अभिमूखिकरण तालिमका कक्षा ‘हाउसफुल’
214.   नेपाल प्रहरीमा जागिर खुल्यो, २ हजार ६७८ जवान पदमा दरखास्त आह्वान
215.   श्रमस्वीकृतिका सबै काम अव अनलाइन मार्फत
216.   कसरी पाए महासंघका अध्यक्ष खड्काले राज्यमन्त्रीपछि बोल्ने पालो ?
217.   विदेशमा कार्यरत कामदारको बिमाको म्याद सकिए परिवारलाई खबर गरिने
218.   संघ नेतृत्वको षडयन्त्रले सक्षम व्यवसायी अध्यक्ष बन्न बन्देज
219.   विदेशबाट बर्सेनि आउँछन् हजार 'बाकस'
220.   वार्षिक ७ हजार नर्स श्रम बजारमा, थोरैले मात्रै पाउँछन् रोजगारी
221.   युएईमा सुरक्षागार्डको न्यूनतम पारिश्रामिकमा बृद्धि
222.   श्रम शोषणले बढायो विदेशमा आत्महत्या
223.   वैदेशिक रोजगारमा भारत जान अनुमति लिनु पर्ने
224.   पर्यटन बोर्डले माग्यो २५ जना अधिकृतस्तरका कर्मचारी (सूचनासहित)
225.   श्रम स्वीकृतिको अनलाइन सेवा : ‘बाँदरको हातमा नरिवल...’
Results 567: You are at page 9 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media