शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
101.   सर्लाही र सुनसरीका बाढी पीडितलाई संघको टोलीले दियो राहत सामाग्री
102.   दोस्रो नाफिया कर्पोरेट व्याडमिण्टन प्रतियोगिता भाद्र ३१ बाट, बिजेतालाई नगद ५० हजार
103.   अन्तर्वार्ता लिँदै १ लाख बढी असुल्ने इन्टरनेसनल जबलिंक विभागको फन्दामा
104.   बढी पैसा असुल्ने मेनपावर खारेज गर्ने महानिर्देशक पाण्डेको चेतावनी
105.   अन्तर मन्त्रालय सहकार्य भए वैदेशिक रोजगारका समस्या न्युनिकरण गर्न सहज हुन्छ : परराष्ट्रमन्त्री
106.   पूर्वी क्षेत्रका बाढीपीडितको पिडामा मल्हम लगाउदै व्यवसायी संघको टोली
107.   सिआईबीमा पुगेको सिण्डिकेटका फाइल उपर गृहराज्यमन्त्रीको नजर
108.   ६ मुलुकमा श्रम सहचारी र कन्सुलर नियुक्त, कुन देशमा को ?
109.   रोजगारी चाहियो या कर्मचारी ? खोज्नुहोस यसरी
110.   आप्रवासन,मानव बेचबिखन र बालश्रम प्रति बेलायतको विशेष चासो छ : राजदूत मोरिस
111.   वैदेशिक रोजगार नेवा समाजको अध्यक्षमा प्रधान
112.   ‘पैसाको आडमा ८ जिल्लामा ४३ संस्थालाई अभिमुखीकरण तालिम संचालनको अनुमति’
113.   बेरोजगार युवालाई रोजगारी दिन भृकुटीमण्डपमा शुक्रबारदेखि मेला
114.   ‘अन्तरघातीले चुनौती दिँदा पनि फोरम अध्यक्ष फोन अफ गरेर बस्छन भने यो भन्दा लज्जास्पद र नालायकी अरु के हुनसक्छ’
115.   विवरण नबुझाउने मेनपावर कम्पनीलाई स्पष्टीकरण लिन थालियो
116.   संघ निर्वाचनमा ‘अन्तरघात’ गर्नेलाई उन्मुक्ति दिंदै फोरम
117.   सरकारी जागिरको सूचना अब शुक्रवार मात्रै प्रकाशन हुने
118.   विदेशिने कामदारसँग लिइने कल्याणकारी शुल्कमा बृद्धि
119.   कतार संकटको असर, नेपालीको रोजगारीको अवसर खुम्चने खतरा
120.   वैदेशिक रोजगारीका नाममा हुने ठगि हेर्न गृहमन्त्रालयले छुट्टै स्पेशल फोर्स बनाउँने
121.   व्यवसायी संघ र पत्रकार समाज सहकार्य गर्ने
122.   मुलुकमा रोजगारी सिर्जना भए पनि वैदेशिक रोजगार रोकिदैन,तर यो क्षेत्रलाई व्यवस्थित गर्ने चुनौती सबै सामु छ : पूर्वप्रम प्रचण्ड (भिडियोसहित)
123.   इपीएस भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तीर्ण
124.   सामाजिक सुरक्षा विधेयक पारित, बेरोजगार भत्ताको व्यवस्था हट्यो
125.   संघ कार्यसमिति सदस्यको कार्य बाडफाँड, बोर्ड सदस्यमा लिम्बुको नाम शिफारिस
Results 567: You are at page 5 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media