शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
76.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
77.   दुई बर्षमा ३ सय १३ नयाँ मेनपावर दर्ता
78.   पाण्डे त पक्राउ परे, निर्देशक रमा भट्टराईको पालो कहिले ?
79.   सुभद्रासँग पैसा असुल्ने दाउमा पाण्डे परे अख्तियारको फन्दामा
80.   अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
81.   केन्द्र र प्रदेश सभाको उम्मेदवार बनेका श्रममन्त्री र राज्यमन्त्रीलाई संघले दियो बिजयको शुभकामना
82.   महानिर्देशक माथि नै झम्टिए वैदेशिक रोजगार पीडितका आफन्त (हेर्नुहोस् भिडियो )
83.   अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा
84.   कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी
85.   अलैँचीको आम्दानीले युवालाई बिदेसिन दिएन
86.   मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा
87.   श्रमिकको अधिकार नै मध्यपूर्वका एनआरएनका साझा मुद्धा
88.   म्यादी प्रहरीमा जागिर खुल्यो, ९८ हजारको माग
89.   महासंघका अध्यक्ष मल्ल प्रदेश सभाको उम्मेदवार सिफारिस
90.   सेनामा २७ सय जनालाई जागिरको मौका, सिपाहीदेखि सिकर्मी र ड्राइभरसम्म माग
91.   निजामती कर्मचारीको पदपूर्ति नरोकिने
92.   मेनपावरको धरौटी रकम बढ्न नदिन लोकतान्त्रिक फोरम राजनीतिक लबिङमा
93.   वन तथा भू-संरक्षण राज्यमन्त्री शर्मालाई अग्रज व्यवसायीको बधाई
94.   बढी पैसा असुल्ने मिथिला मेनपावरलाई कारबाही गर्न विभागलाई अख्तियारको पत्र
95.   कृषि बिकास बैंकले माग्यो २ सय ६० कर्मचारी (सूचनासहित)
96.   बबन सिंहले निकालेको विज्ञप्तिले वैदेशिक रोजगार क्षेत्रमा बबाल
97.   धरौटी बिरुद्ध मेनपावर व्यवसायीको आन्दोलन
98.   व्यवसायी केसीले बनाए आफुले पढेको विद्यालयमा ५ लाखको अक्षयकोष
99.   २५ मेनपावर कम्पनीलाई कारबाही गर्न अख्तियारले काट्यो पत्र
100.   मेनपावरको धरौटी नगद १ करोड सहित वैदेशिक रोजगार ऐनको संशोधित मस्यौदा तयार
Results 567: You are at page 4 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media