शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
51.   वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा
52.   नयाँ मेनपावरको दर्ता रोक्नेकी खोल्ने ?
53.   अमेरिकामा ‘टिपिएस रिजोलुसन’ पारित, १४ हजार नेपालीले पाए 'वर्क परमिट'
54.   कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता
55.   वैदेशिक रोजगार विभागको महानिर्देशकमा आचार्य
56.   यूएई जानेलाई आर्थिक भार थपिदै
57.   अमेरिकी राष्ट्रपतिको ‘ब्रेकफास्ट मिटिङ’ मा वैदेशिक रोजगार व्यवसायीहरुको सहभागीता हुने
58.   सातै प्रदेशमा गरी ६ सय कर्मचारी खटाइयो
59.   वैदेशिक रोजगारीको नाममा जनप्रतिनिधिबाटै ठगी
60.   प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए
61.   स्थानीय तहका पाँच हजार सामाजिक परिचालक पुर्नवहालीको माग गर्दै सडकमा
62.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
63.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
64.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
65.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
66.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
67.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
68.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
69.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
70.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
71.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
72.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
73.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
74.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
75.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
Results 567: You are at page 3 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media