शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
526.   अन्तर्राष्ट्रिय तालिम केन्द्र राजधानीमा खुल्यो
527.   बायोमेट्रिक प्रणाली लागू भइसकेको मलेसियन दूतावासको भनाई
528.   बायोमेट्रिकको विरोधमा व्यवसायी संघ सहभागी नहुने
529.   बायोमेट्रिक प्रणाली लाग्दा शुल्क नबढ्ने
530.   बायोमेट्रिक प्रणाली बिरुद्ध धर्ना जारी
531.   बायोमेट्रिक प्रणाली बिरुद्ध मलेसियन दूतावासमा धर्ना
532.   रोजगारको आवश्यकता र यसका सुधारका पक्षहरु
533.   अभिमूखिकरण व्यवसायीलाई जिम्मेवार हुन निर्देशन
534.   एमआरपी भएकालाई पनि मलेसियाले मनोमानि रुपमा फर्कायो
535.   महासंघको अध्यक्ष र महासचिवको सस्थामा विभागको अनुगमन
536.   आकर्षणवाट विदेश जानेलाई मलेसियाको सीम कार्ड निःशुल्क
537.   अभिमूखिकरण तालिमलाई प्रभावकारी वनाइने
538.   दूतावासले प्रमाणिकरण नगर्दा समस्या वढ्दो
539.   विदेश जानेको मेडिकल शुल्क वढ्ने
540.   मलेसिया र कतार शाखाको ताहचलमा उदघाटन
541.   नयाँ व्यवस्थापनमा स्वर्णिम मेडिकल सुन्धारामा
542.   व्यवसायी संघको चुनावी रौनकता तात्यो
543.   विभागको कारवाहीप्रति संघको आपत्ति
544.   अख्तियारले छोडेन वैदेशिक रोजगार विभागलाई
545.   नेपालीको गन्तव्य खाडी र मलेसिया मात्र ?
546.   महासंघ र विभागबीच सफ्टवेयर लिंक गर्ने तयारी
547.   पूर्वमा संचालित ३ दर्जन मेनपावरका शाखामा छापा
548.   विभागवाट मेनपावर कम्पनीको अनुगमन जारी
549.   साउदीका मेनपावर सामु निरिह वैरो संघ
550.   वैदेशिक रोजगार विभागमा ‘डे पोगो’ अपरेसन
Results 567: You are at page 22 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media