शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
501.   कोरियामा नेपाली कामदारको तलब बढ्दै
502.   प्रगतिशिल रोजगार व्यवसायीले छुट्टै संघ खोल्ने चेतावनी
503.   वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्नेमा ओलीको जोड
504.   सार्कको घोषणा पत्रमा आप्रवासनको मुद्धा
505.   श्रम गन्तव्य खोज्न गठित समितिले पूर्णता पायो
506.   ब्यवस्थित वैदेशिक रोजगारका लागि आकर्षणको अन्तरक्रिया
507.   व्यवसायिक कृषिमा आकर्षित भए युवा
508.   कतारमा दक्ष जनशक्तिको माग:राजदूत हमर
509.   राहदानी विभाग पनि दुई सत्रमा सञ्चालन
510.   वैदेशिक रोजगारको सामाजिक पीडा
511.   मलेसियामा मृत्यु भएका दुई परिवारले पाए राहत
512.   एकता समितिको छुट्टै मेडिकल सेन्टर सुचारु
513.   मलेसियामा घाइते नेपालीलाई १ करोड ७ लाख क्षतिपुर्ति
514.   अवैध रुपमा अमेरिका जाने ३४ नेपाली पक्राउ
515.   वैदेशिक रोजगारमा हाउसमेडमा जान महिला कामदारलाई रोक
516.   इजरायलले पाँच हजार नेपाली लैजाने
517.   बर्दिया बाढी पीडितलाई प्याराडाइज इन्टरनेशनलको सहयोग
518.   मलेसियाले घरेलु नेपाली कामदार लिने घोषणा
519.   सेप्टेम्बर १ बाट बायोमेट्रिक अनिवार्य लागू गर्नु पर्ने मलेसियाको निर्णय
520.   कोरियाली भाषा परिक्षाको आवेदन फाराम खुल्यो
521.   रिजल्ट देखाउनुहोस् नत्र सरकारले कठोर नीति ल्याउँछ ः सचिव शिवाकोटी
522.   उड्ने बेलामा होइन पहिला नै तालिम प्रदान गर्ने गृहकार्य
523.   इराकबाट उद्धार गरिएका ११ नेपाल त्रिभुवन विमानस्थलमा (एक्स्क्लुसिव भिडिओ)
524.   आकर्षणको नवौ बाषिकोत्सवमा फलफुल वितरण
525.   विदेश जानेको भविष्य विगार्ने वा सपार्ने हात मेनपावरको
Results 567: You are at page 21 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media