शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
476.   कोरिया भाषा परीक्षाको आवेदन आजबाट खुल्ला
477.   इजरायलमा नेपाली कामदार सरकारले नै पठाउँदै
478.   इपीएसको आवेदन फारम खुल्यो
479.   बेरोजगारलाई रोजगार दिन सरकारलाई आदेश
480.   मृतक चौधरीको परिवारलाई एसओएस मेनपावरको सहयोग
481.   व्यवसायी संघको चुनाव बैशाखमा हुन्छ त ?
482.   म आफै पीडित भएको छु: मेनपावर व्यवसायी
483.   मलेसियाबाट फर्कियो संसदिय समिति
484.   दुवै देशका सरकारको कमजोरीले मलेसियामा नेपालीलाई दुख
485.   कोरियाको नेपाली दूतावास नेपालीप्रति नै बेखबर
486.   वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व
487.   कोरिया जाने युवा भन्छन्-'सरकारी निकायले नै ठग्यो'
488.   खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
489.   कोरिया जाने चक्करमा यसरी ठगिए युवा
490.   संघका अध्यक्ष वाग्लेलाई पितृ शोक
491.   संघको साधारण सभा पुन आगामी शुक्रबार हुने
492.   जिल्ला प्रशासनको निर्देशन नटेर्दै संघले साधारणसभा गर्ने
493.   लोग्ने खोज्न मलेसिया
494.   भिएलएन नेपालको दर्ता खारेजी नहुने
495.   पुसमा ४५ हजार नेपाली बिदेसिए
496.   यूरोपियन मापदण्डको गोर्खा सेक्युरिटी संचालनमा
497.   कानूनीरुपमा संचालन भइरहेको भिएलएन नेपालको दावी
498.   मलेसियामा थुनामा परेका नेपालीको चित्कार
499.   विदेश जाँदा कति लाग्छ ?
500.   प्रगतिशिलद्धारा महिला भलिबल खेलाडीलाई सम्मान
Results 567: You are at page 20 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media