शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
376.   मलेसियामा विदेशी कामदारको लेभी बढाउने निर्णय स्थगित
377.   बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर प्रभावित हुने
378.   केयरगिभर छनोट परीक्षाको नतिजा सार्वजनिक (उत्तिर्णको नामावलीसहित)
379.   मलेसियामा अवैध आप्रवासीलाई वैध हुने बाटो खुल्यो
380.   साउदीमा नेपाली कामदारलाई अब अनलाइनबाटै राहदानी
381.   मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि
382.   साउदीमा ३ सय नेपाली बिचल्ली
383.   इजरायल जाने भाषा परीक्षामा १ सय छनौट (सूची सहित)
384.   मलेसिया दूतावासद्धारा ट्राभल डकुमेण्ट बनाउन स्थगित
385.   कुवेतमा गैरकानुनी कामदारलाई आममाफीको मौका
386.   दक्षिण कोरियामा मजदुरको तलब बढ्यो
387.   कोरियामा अबैध बस्नेको संख्या बढ्न थाल्यो
388.   साउदीमा बन्धक नेपालीको उद्धार पहल शुरु
389.   साउदी अरब सुरक्षित छ : नेपाली दूतावास
390.   रूस हुँदै युरोपतर्फ मानव तस्करी
391.   कृषि विकास बैंकमा जागिर खुल्यो (सुचनासहित)
392.   फ्री भिषा र फ्री टिकट तर कामदारबाट पैसा
393.   अवैध कामदार फिर्ता गर्न दलाल सक्रिय
394.   अघि बढ्यो साउदीसँग श्रम सम्झौता
395.   पुनः श्रम स्वीकृति विमानस्थलबाटै
396.   कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
397.   आप्रवासी श्रमिकको पक्षमा इमान्दार हुन जोड
398.   फ्री भिषा र फ्री टिकट कार्यान्वयनमा समस्या परेको व्यवसायीद्धारा स्वीकार
399.   करोडवालाहरु संगठित भए अब कामदार संगठित हुनुपर्छ : सचिव आचार्य
400.   लोकसेवाले माग्यो ५ सय ५१ शाखा अधिकृत
Results 567: You are at page 16 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media