शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
326.   बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने व्यवस्थासहित श्रम सम्झौता गर्न निर्देशन
327.   भिसा लाग्दा–लाग्दै पनि जेनेभा वैठकमा किन गएनन् संघका अध्यक्ष ढकाल ?
328.   इपीएस कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचिसहित)
329.   ईपीएस कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
330.   सुनसरीमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रहरीसँग अन्तरक्रिया
331.   वैदेशिक रोजगारको क्षेत्रमा अलपत्र महिला कामदारको उद्धार गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन
332.   बजेटमा वैदेशिक रोजगार : ४ वटा मुलुकसँग श्रम सम्झौता गरिने
333.   अभिमूखिकरण महासंघका अध्यक्षको सहित ४ संस्थालाई विभागको कारवाही
334.   बायोमेट्रिकबिरुद्धको मुद्धा अदालतद्धारा खारेज
335.   वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो
336.   चार मेनपावरमा मन्त्रालयको छापा
337.   विदेशिएको छोरो वर्षौपछि घर आएपछि ...(भिडियोसहित)
338.   साधारण सदस्यसमेत नरहने गरी महासंघमा राजिनामा दिने तयारी
339.   बायोमेट्रिक प्रणाली नमान्ने संघको निर्णय
340.   वैदेशिक रोजगारीले टुक्रिदैँ परिवार, बालबच्चाको बिचल्ली
341.   मन्त्री बोहोराका सय दिने कार्य 'प्रगतिभन्दा हल्ला बढि'
342.   ‘एक घर, एक रोजगार’ सरकारको उदघोष
343.   साउदीको एक कम्पनीले ५० हजार कामदार हटायो
344.   वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुससहित अख्तियारको फन्दामा
345.   घरेलु महिला कामदार विदेश पठाउन नेपालका ६ शर्त, एमओयुको तयारी अन्तिम चरणमा
346.   कामदारको मोवाइल नम्बर दिन नसक्ने व्यवसायीको भनाई
347.   २०७२ मा वैदेशिक रोजगार
348.   वैदेशिक रोजगारमा जाने महिला अब श्रमग्राम पुग्नै पर्ने
349.   पहिलो चरणमा १४ नेपाली केयरगिभरको टोली इजरायल उड्यो
350.   विदेशमा ज्यान गुमाउने नेपालीको परिवारले साढे १७ लाख क्षतिपूर्ति पाउने
Results 567: You are at page 14 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media