शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
301.   नेपाल प्रहरीमा जागिर खुल्यो, ५ सय ५१ प्रहरी सहायक निरीक्षकको माग (सूचनासहित)
302.   कतारमा कफला सिस्टम खारेज, आप्रवासी कामदारलाई थप अधिकार
303.   साउदीमा अलपत्र परेका कामदारलाई फर्काउन संसदीय समितिको निर्देशन
304.   नेपाल बैंकमा जागिर खुल्यो (सुचनासहित)
305.   कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक (नतिजासहित)
306.   वैदेशिक रोजगारका लागि विदेसिने १८ प्रतिशतले घटे
307.   राष्ट्रिय बाणिज्य बैंकमा जागिर खुल्यो (सुचनासहित)
308.   मेनपावरका शाखा र एजेन्ट कति छन् ? बिभागसँगै तथ्यांक छैन
309.   सबैभन्दा बढी कामदार विदेश पठाउनेमा एसओएस, दि रिभर दोश्रो र प्याराडाइज तेस्रो
310.   नेपाली कामदार लिन कुवेतका रोजगारदातासँग दूतावासको आग्रह
311.   कोरियामा कामदारको तलब बृद्धि, नेपालीको न्यूनतम तलब १ लाख ३० हजार हुने
312.   कुवेतले घरेलु कामदारको न्यूनतम पारिश्रामिक तोक्यो
313.   कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा आउने
314.   गैरकानूनीरुपमा विदेश जाने अनि बैधानिक हुने
315.   ऐन संशोधनको विषयमा अन्तर्राष्ट्रिय संस्थाहरुसँग संघले गर्यो छलफल
316.   राजदूत फिर्ता बोलाउन संघद्वारा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण (ज्ञापनपत्रसहित)
317.   श्रममन्त्री बोहराको मलेसिया भ्रमण घुमफिरमै सीमित (भिडियो सहित )
318.   मलेसियाका राजदुत बस्न्यात कमिशन र घुसखोरीमा लिप्त रहेको व्यवसायीको आरोप
319.   मलेसियामा न्युनतम पारिश्रामिकमा बृद्धि, नेपाली कामदार लाभान्वित हुने
320.   कामदार उड्न छोडेपछि श्रम मन्त्री किन मलेसिया उड्दैछन् ?
321.   वैदेशिक रोजगारलाई सुरक्षित बनाउन स्थानियस्तरमा युवाहरु जुटदै
322.   द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन निर्देशन
323.   इपीएस कोरियन भाषा परीक्षा सम्पन्न, ८८ नक्कली परीक्षार्थी पक्राउ
324.   आयल निगममा अवसर, विभिन्न पदमा ६२ जनाको माग
325.   कोरियन इपीएस भाषा परीक्षा आजबाट, नतिजा साउन ११ मा
Results 567: You are at page 13 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media