शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
226.   ‘आफ्नै असक्षमताले संघ नेतृत्व अवुधावी डाइलगमा सहभागी हुन सकेन’
227.   गैह्रकानूनी विदेशी कामदारलाई ‘वर्कपास’ दिने मलेसियाको घोषणा
228.   आप्रवासी कामदारको लेबी हटाउने निर्णय मलेसिया सरकारले उल्टायो
229.   विद्युत प्राधिकरणमा जागिर खुल्यो, २५० बढी कर्मचारी माग (सूचनासहित)
230.   मलेसियाबाट जान चाहने सबै नेपालीलाई फर्काउँछौ: राजदुत बस्न्यात
231.   नेपाल वायु सेवा निगमले माग्यो २० जना पाइलट (सूचनासहित)
232.   भूकम्प अति प्रभावित जिल्लामा ४५ हजार दक्ष कामदार अभाव
233.   वैदेशिक रोजगार विभागमा अनियमितताको पराकाष्ठा
234.   मंसीर महिनामा ६६ हजार युवा वैदेशिक रोजगारमा उडे
235.   लोकसेवा आयोगले मागेभन्दा ३० गुणा बढी आवेदन
236.   मलेसियामा अब कामदारले लेबी तिर्नु नपर्ने
237.   नेपाली कामदारका लागि युरोपेली मुलुक लिथुएनिया खुल्ला गर्न सिफारिस
238.   वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक विचलनको भयावह अवस्था
239.   सोचेजस्तो माग सन् २०१७ मा कतारबाट आउदैन : पूर्वअध्यक्ष तामाङ
240.   कुवेतबाट फर्केकि एक महिलाको पीडा, ‘तलब माग्दा तातो पनिउँले कुट्थे’
241.   दक्षिण कोरियाले घटायो कामदारको कोटा, सन् २०१७मा ५६ हजार मात्र लिने
242.   कर्मचारी सञ्चय कोषमा २३ जना कर्मचारीको माग (सुचनासहित)
243.   कार्यान्वयन गर्न कठिन भए फ्री भिसा फ्री टिकट खारेज गरे हुन्छ : राज्यमन्त्री गच्छादार
244.   लोकसेवा आयोगले माग्यो ५ सय ४ अधिकृत (सूचनासहित)
245.   कतारमा कफला प्रणाली खारेज, आप्रवासी कामदारलाई जागिर परिवर्तनमा सहजता
246.   खाडि मुलुक जाने कामदार माथि आर्थिक भार थपिदै
247.   जिएफएमडीमा नेपालको जोड : गन्तव्य मुलुकसित ‘श्रम सम्झौता’
248.   'आप्रवासन डे'का दिन अनलाइन सिस्टम सुरु हुने
249.   वैदेशिक रोजगारीमा खाडि र मलेसियाको विकल्प कहिले खोज्ने ?
250.   मलेसिया सरकारसँग छलफल नै नगरी श्रम समितिको एकतर्फी निर्णय
Results 567: You are at page 10 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media