शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ०६:००

इन्टरनेशनल मनी एक्सप्रेश (आइएमई) ले १७ औ वर्ष पुरा गरेर १८ औ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले यस अवधिमा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको जानकारी दिएको छ । त्यसैले यस पटकको वार्षिकोत्सव ‘१८ औ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूलनाराका साथ मनाइएको आइएमईले जनायो ।
 
१८ औ वर्षसम्म आइपुग्दा आइएमईले रेमिट्यान्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिट्यान्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिट्यान्स सेवाको समेत थालनी गरिसकेको कम्पनीले जनाएको छ ।
 
आम सेवाग्राहीहरुको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यसायिक समूहमा पर्न सपmल भएको र रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, सूचना प्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यवयायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ । साथै कम्पनीले यो गौरवमय इतिहास निर्माण गर्नेक्रममा सहयोग गर्ने व्यवसायिक साझेदार एवम् सहकर्मी, सेवाग्राही, सुभचिन्तक सबैप्रति आभार प्रकट गरेको छ ।
 
१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष् चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए । 
 
आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीपविकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास होस् भन्ने शुभकामना व्यक्त गरे । 
 
वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा दशवर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरूलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्र पनि प्रदान गरिएको थियो भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न एघार विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीहरूलाई  सम्मान गरिएको थियो ।
 
आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको आइएमईले जनायो  ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
126.   हिमालयन बैंकद्धारा विद्यालयलाई २० थान कम्प्युटर प्रदान
127.   उद्योग वाणिज्य महासंघले प्रमुख राजनीतिक दलका एजेन्डाबारे वहस कार्यक्रम गर्ने
128.   सिटी एक्सप्रेसको उत्सव एक्सप्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा
129.   एनआईबिएल क्यापिटल मार्केटसको शाखा बिस्तार
130.   महालक्ष्मी विकास बैंकको सिइओमा लामिछाने नियुक्त
131.   बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषदद्वारा खारेज
132.   सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस योजनाको नवौ हप्ताको बिजेताहरु घोषणा
133.   एनआईबिएल क्यापिटल र एस क्यापिटलबीच मर्जर सम्झौता सम्पन्न
134.   ओरेन्टल सहकारी समस्याग्रस्त घोषित
135.   आइएमई छक्का पञ्जा अफर अन्तर्गतको १० लाख न्यौपानेलाई
136.   यूनियन लाइफ इन्स्योरेन्सको नयाँ शाखा हरिवनमा
137.   सिटी एक्स्प्रेसले घोषणा गर्यो 'उत्सव एक्स्प्रेस' विजेताको घोषणा
138.   सेन्चुरी कमर्सियल बैंकको सिइओमा शाह नियुक्त
139.   रिया आइएमई ‘लक्की ड्र’बाट चार विजेता छानिए
140.   पेट्रोलिय पदार्थको मूल्य वृद्धि फिर्ता, १० बजेदेखि पुरानै मूल्य
141.   टानको अध्यक्षमा दाहाल निर्वाचित
142.   सिटी एक्स्प्रेसले घोषणा गर्‍यो सातौ हप्ताका बिजेताहरु
143.   एनसेल र आईफ्लिक्स बीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच
144.   एभरेष्ट बैंकको बार्षिकोत्सवमा रक्तदान र निशुल्क स्वास्थ्य शिविर
145.   नेपाल राष्ट्र बैंकद्धारा दुई अर्बको नागरिक बचतपत्र निष्काशन
146.   सिटी एक्स्प्रेसको ‘उत्सव एक्स्प्रेस’ योजना पाचौ हप्ताको विजेता घोषित
147.   एनसेल र आईफ्लीक्सबीच सहकार्य, ग्राहकलाई असीमित डेटा र आईफ्लीक्समा
148.   थानेश्वरलाई आईएमईको १० लाख
149.   आईएमई र वाइजम्यानको संयुक्त रेमिटेन्स सेवा सुरु
150.   निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली प्रहार गरी हत्या
Results 887: You are at page 6 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media