शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ०६:००

इन्टरनेशनल मनी एक्सप्रेश (आइएमई) ले १७ औ वर्ष पुरा गरेर १८ औ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले यस अवधिमा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको जानकारी दिएको छ । त्यसैले यस पटकको वार्षिकोत्सव ‘१८ औ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूलनाराका साथ मनाइएको आइएमईले जनायो ।
 
१८ औ वर्षसम्म आइपुग्दा आइएमईले रेमिट्यान्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिट्यान्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिट्यान्स सेवाको समेत थालनी गरिसकेको कम्पनीले जनाएको छ ।
 
आम सेवाग्राहीहरुको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यसायिक समूहमा पर्न सपmल भएको र रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, सूचना प्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यवयायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ । साथै कम्पनीले यो गौरवमय इतिहास निर्माण गर्नेक्रममा सहयोग गर्ने व्यवसायिक साझेदार एवम् सहकर्मी, सेवाग्राही, सुभचिन्तक सबैप्रति आभार प्रकट गरेको छ ।
 
१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष् चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए । 
 
आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीपविकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास होस् भन्ने शुभकामना व्यक्त गरे । 
 
वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा दशवर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरूलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्र पनि प्रदान गरिएको थियो भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न एघार विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीहरूलाई  सम्मान गरिएको थियो ।
 
आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको आइएमईले जनायो  ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
826.   बागमती सफाइमा जनता बैंक
827.   वेष्ट रेमिट र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
828.   अफ्रिकाको किलिमन्जरो हिमालमा आईएमईको झण्डा
829.   प्रभू मनी ट्रान्सफर र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
830.   सिटिजन्स र मलेसियाको म्याक्स रेमिटबीच सम्झौता
831.   सिटि एक्सप्रेस र प्राईम बैंकवीच रेमिट्यान्स सम्झौता
832.   एभरेष्ट बैंकका सीइओद्धारा ग्राहक भेटघाट
833.   क्रिकेट जर्सीमा मेगाका कर्मचारी
834.   आईएमईले बालबालिकासँग मनायो होली
835.   वेष्ट रेमिट र सिटिजन बैंकबीच रेमिट्यान्स सम्झौता
836.   हिमाल रेमिटको हिमालोत्सव कार्यक्रम हुँदै
837.   पारस सम्साराको ब्राण्ड अम्वेसडर
838.   ग्राण्डीमा एभरेष्ट बैंकको एटिएम
839.   सिटी एक्सप्रेस र फेवा फाइनान्सबीच रेमिट्यान्स सम्झौता
840.   नेपाल टेलिकमको निशुल्क वाइफाइ सेवा
841.   ठग समात्नेलाई मेगाको ३ लाख इनाम
842.   वसुन्धरामा सुविधासम्पन्न फिडियस ट्राभल शुरु
843.   वेष्ट रेमिट र सिनर्जी फाइनान्सवीच रेमिट्यान्स सम्झौता
844.   सिटी एक्सप्रेस र विश्व विकास बैंकवीच रेमिट्यान्स सम्झौता
845.   सानिमाको प्रमुख कार्यकारी अधिकृतमा दाहाल
846.   सिटी एक्सप्रेस र कञ्चन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
847.   मेगा बैंकको नौ प्रतिशत लाभांश पारित
848.   किस्ट बैंकमा प्रभुको समूहको प्रवेश
849.   आईएमईको फेसबुक अभियान
850.   वेष्ट रेमिटको ११संस्थासँग रेमिट्यान्स सम्झौता
Results 887: You are at page 34 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media