शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ०६:००

इन्टरनेशनल मनी एक्सप्रेश (आइएमई) ले १७ औ वर्ष पुरा गरेर १८ औ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले यस अवधिमा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको जानकारी दिएको छ । त्यसैले यस पटकको वार्षिकोत्सव ‘१८ औ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूलनाराका साथ मनाइएको आइएमईले जनायो ।
 
१८ औ वर्षसम्म आइपुग्दा आइएमईले रेमिट्यान्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिट्यान्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिट्यान्स सेवाको समेत थालनी गरिसकेको कम्पनीले जनाएको छ ।
 
आम सेवाग्राहीहरुको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यसायिक समूहमा पर्न सपmल भएको र रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, सूचना प्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यवयायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ । साथै कम्पनीले यो गौरवमय इतिहास निर्माण गर्नेक्रममा सहयोग गर्ने व्यवसायिक साझेदार एवम् सहकर्मी, सेवाग्राही, सुभचिन्तक सबैप्रति आभार प्रकट गरेको छ ।
 
१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष् चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए । 
 
आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीपविकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास होस् भन्ने शुभकामना व्यक्त गरे । 
 
वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा दशवर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरूलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्र पनि प्रदान गरिएको थियो भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न एघार विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीहरूलाई  सम्मान गरिएको थियो ।
 
आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको आइएमईले जनायो  ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
776.   बाढिपीडितलाई रेमिट्यान्स एशोसिएसनको १ लाख सहयोग
777.   प्रभु मनिको चाडपर्व उपहार योजना
778.   दाङका बाढीपीडितलाई बेष्ट रेमिटको ३ लाख बराबरको सहयोग
779.   प्रभु र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
780.   प्रभु र काठमाडौं फाइनान्सबीच रेमिट्यान्स सम्झौता
781.   हिमालयन बैक कर्मचारीको बाढी पिडितलाई सहयोग
782.   अन्तर्राष्ट्रिय अवार्ड विजेता रविनालाई मेगा बैंकको सम्मान
783.   प्रभूमार्फत पैसा पठाउनेलाई थ्रीजी सीमकार्ड
784.   सिटी एक्सप्रेसबाट पैसा लिंदा सेलदेवीले पाइन सुनको सिक्री
785.   आईएमईको विदेशमै परिवार भेटाउने योजना सार्वजनिक
786.   सिटी एक्सप्रेस र नेपाल बैंकबीच रेमिट्यान्स सम्झौता
787.   दैवी प्रकोप पीडितलाई आइएमई समूहको २० लाख सहयोग
788.   बेष्ट रेमिटले थाल्यो बाढि पीडितलाई राहत संकलन
789.   प्रभु मनि ट्रान्सफर र कर्णाली विकास बैंकबीच रेमिट्यान्स सम्झौता
790.   बाढीपीडितलाई आईएमईको २० लाख सहयोग
791.   डिस होमको स्वर्ण उत्सव
792.   दैनिक एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रन्छ
793.   सिटी एक्सप्रेस र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
794.   सुधीर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश
795.   बेष्ट रेमिट र नारायणी नेशनल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
796.   सिन्धुपाल्चोक पहिरोपीडितलाई सिटीको सहयोग
797.   बाढी पिडीतलाई प्रभु ग्रुपको सहयोग
798.   दाईजोलाई लिएर उद्योगपति चौधरीको घरमा किचलो
799.   बेष्ट रेमिट र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता
800.   मेगा बैंकको चौंथो बार्षिकोत्सव सम्पन्न
Results 887: You are at page 32 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media