मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ०६:००

इन्टरनेशनल मनी एक्सप्रेश (आइएमई) ले १७ औ वर्ष पुरा गरेर १८ औ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले यस अवधिमा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको जानकारी दिएको छ । त्यसैले यस पटकको वार्षिकोत्सव ‘१८ औ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूलनाराका साथ मनाइएको आइएमईले जनायो ।
 
१८ औ वर्षसम्म आइपुग्दा आइएमईले रेमिट्यान्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिट्यान्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिट्यान्स सेवाको समेत थालनी गरिसकेको कम्पनीले जनाएको छ ।
 
आम सेवाग्राहीहरुको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यसायिक समूहमा पर्न सपmल भएको र रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, सूचना प्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यवयायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ । साथै कम्पनीले यो गौरवमय इतिहास निर्माण गर्नेक्रममा सहयोग गर्ने व्यवसायिक साझेदार एवम् सहकर्मी, सेवाग्राही, सुभचिन्तक सबैप्रति आभार प्रकट गरेको छ ।
 
१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष् चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए । 
 
आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीपविकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास होस् भन्ने शुभकामना व्यक्त गरे । 
 
वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा दशवर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरूलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्र पनि प्रदान गरिएको थियो भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न एघार विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीहरूलाई  सम्मान गरिएको थियो ।
 
आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको आइएमईले जनायो  ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
26.   मेगा बैंक र जीएमई रेमिटबीच रेमिट्यान्स सम्झौता
27.   एभरेष्ट बैंकले विद्यालयलाई वितरण गर्‍यो खेलकुद सामग्री
28.   प्रभु बैंकमा महिला संचालक अनिवार्य गरिँदै
29.   ग्लोबल आइएमई बैंकद्धारा कम्प्यूटर सहयोग
30.   बाल सुधार संघलाई हिमालयन बैंकको सहयोग
31.   सेञ्चुरी बैंकको नयाँ शाखा ललितपुरको सातदोबाटामा
32.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
33.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
34.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
35.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
36.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
37.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
38.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
39.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
40.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
41.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
42.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
43.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
44.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
45.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
46.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
47.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
48.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
49.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
50.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
Results 886: You are at page 2 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media