मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:५४

सानै उमेरदेखि गीतसंगितमा रुचि राख्ने आपपिपल गोरखाकी सरीता कार्की पछिल्लो समय नेपाली लोकदोहोरी गीतको क्षेत्रमा उदाउदी गायीकाको रुपमा देखापरेकि छिन् । स्कुल पढदा होस या गाँउघरमा मेलापात जादा नै किन नहोस आफ्नो साथिसमूहको नेतृत्व गर्दै दोहोरी खेल्न उनी सधै अग्रसर भैरहन्थिन् ।
 
अध्ययनको शिलशिलामा काठमाडौ छिरेपछि गीतसंगितको बारेमा ज्ञान हासिल गर्न र स्वर निर्खान उनले थप अवसर पाइन । लोकदोहोरी गायक–गायीकाको उत्पादन थलोका रुपमा चिनिने दोहोरी साझमा जोडिएपछि त उनको गायकी कला झनै सुमधुर बन्दै जान थाल्यो ।
 
वि.सं. २०६४ सालदेखि दोहोरी साझको स्टेजमा आफ्ना प्रस्तुती पस्कन थालेकि कार्कीले लगातार ४ वर्षसम्म आफुलाई दोहोरी साझको गायनमै सीमित राखिन । त्यसपछि भने विंस. २०६८ मा पहिलो दोहोरी गितीसंग्रह ‘कति रूनु छ’ मार्फत नेपाली गितसंगितको क्षेत्रमा औपचारिकरुपमा उनको आगमन भयो ।
 
पहिलो संग्रहमार्फत नै दोहोरी गितसंगितको क्षेत्रमा चर्चा बटुल्न सफल उनले त्यसै वर्ष ‘जुनकिरी’ एल्बमबाट इमेज अवार्डमा नव–गायिकाको अवार्डसमेत हात पारिन । त्यसयता लगातार दोहोरी गितसंगितमा लागिरहेकि उनका ‘खोलीमा जलुका’, ‘मायालु हजार’, ‘जुनकिरी’, ‘बदमास’ लगायत दुई दर्जन भन्दा बढी चर्चित गितहरु बजारमा आइसकेका छन् ।


 
युटुव भ्युअर्सका आधारमा हेर्ने हो भने पनि उनीद्धारा स्वरवद्ध लोकदोहोरी गितले लगातार निकै राम्रा दर्शक तथा श्रोताहरु पाइरहेको छ । स्थानीय स्तरमा आयोजना हुने कार्यक्रमदेखि लिएर देशका विभिन्न भागमा आयोजित स्टेज शोहरुमा पनि अत्याधिक माग हुन थालेकी उनी आफु लगातारको मेहनत र साधनाले यहाँसम्म आइपुगेको बताउछिन । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
26.   खेलकुदः च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक
Results 26: You are at page 2 of 2
First Prev 1 2

Powered By : Unitech Media