शुक्रवार, असार ०८ गते, २०७५
वैदेशिक रोजगारीका कथा व्यथा पनि हेर्न पाइने
बुधवार, २०७५ जेष्ठ २९ गते ००:३८

 
गुरुङ जाती, धर्मसंस्कृति एवं रहनसहनमा आधारित रहेर गुरुङ भाषामै निर्माण भएको चलचित्र ‘रिंजे नाँशा’ प्रदर्शनका लागि तयार भएको छ । एक पत्रकार सम्मेलन गरी निर्माण युनिटले सो जानकारी गराउदै प्रदर्शनको पूर्वसन्ध्याको अवसर पारेर यसको च्यारिटी शो गरिने जानकारी दिएको छ । 
 
आउदो असार १ गते काठमाडौको बसुन्धरामा रहेको दियालो फुडल्याण्डमा च्यारिटी शो गर्न लागेको चलचित्रलाई बेब्स क्रिएशनको व्यानरमा वैदेशिक रोजगार व्यवसायी समेत रहेका शम्शेर बहादुर गुरुङले निर्माण गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै गुरुङले पोखराबाट ५ किलोमिटर नजिकै रहेको आफ्नै जन्मथलो रन्जित गाँउको पेरिफेरीमा रहेर ‘रिंजे नाँशा’ चलचित्र बनाइएको बताए ।

उनले चलचित्रमा वैदेशिक रोजगारीको सचेतनाको विषय पनि समावेश भएको जानकारी दिए । जन्म गाउँ रित्तो भएपछि आफ्नो गाउँ फर्कनका लागि चलचित्रले सन्देश दिने निर्माता तथा कलाकार गुरुङले  पत्रकार सम्मेलनमा जनाए ।
 
प्रितम गुरुङको निर्देशनमा तयार भएको चलचित्रको कथा र गीत पनि गुरुङ स्वयंले लेखेका हुन भने गणेश गुरुङ, सन्दीप गुरुङका साथै उनी आफ्नै पनि चलचित्रका गीतमा संगित भरेका छन् । चलचित्रमा गुरुङसँगै राजु गुरुङ, बलबहादुर गुरुङ, रेशम गुरुङ, सिता गुरुङ, एलिना गुरुङ, सरस्वती गुरुङलगायतको अभिनय रहेको छ ।  

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
152.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
153.   सम्मान पाएपछि रोए भक्तराज
154.   संजय दत्तलाई छुट्टी
155.   मिस वर्ल्डको फाइनलमा इशानी
156.   भुवनको भिडन्त प्रकाशमान संग
157.   डि सिने अवार्ड : उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक
158.   समयसँगै देश दौडाहामा
159.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
160.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
161.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
162.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
163.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
164.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 164: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media