मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
76.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
77.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
78.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
79.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
80.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
81.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
82.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
83.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
84.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
85.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
86.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
87.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
88.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
89.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
90.   जापानले ३२ करोड आर्थिक साहयता दिने
91.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
92.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
93.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
94.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
95.   सुरक्षित घर अभियान सुरु
96.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
97.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
98.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
99.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
100.   चिसो अझै बढ्न सक्ने
Results 724: You are at page 4 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media