मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
576.   कोरियन भाषा परीक्षा अबदेखि असारमा लिइने
577.   सामाजिक कार्यमा कुलेश्वर पोलिक्लिनिक
578.   मेनपावर व्यवसायीलाई छवि सुधार्न महानिर्देशक सुवेदीको आग्रह
579.   स्वास्थ्य व्यवसायी समाजको तर्दथ समिति घोषणा
580.   अन्तत बायोमेट्रिक लागू
581.   आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए
582.   जेट एयरमा चरा ठोकिएर धुँवाको मुस्लो
583.   कोरियाको एयरपोर्टबाटै फर्काइँदै नेपाली
584.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
585.   पाचै विकास क्षेत्रबाट एमआरपीको द्रुत सेवाको व्यवस्था मिलाउन निर्देशन
586.   नेपालीलाई अमेरिकाको भिसा दिने दर बढ्दो
587.   रेमिट्यान्स लिँदा अनिवार्य खाता खोल्नु पर्ने
588.   मलेसियामा नेपालीलाई ज्यान जोगाउनै गाह्रो
589.   १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा शुरु
590.   पशुपति वृद्धाश्रमलाई बेष्ट रेमिटका निर्देशक शर्माको सहयोग
591.   कतारमा नेपाली कामदार हडतालमा
592.   व्यवसायीको विरोधले श्रम ग्राम ठप्प
593.   पहिरोपीडितका लागि बहराइनका नेपालीको १ लाख ५८ हजार हस्तान्तरण
594.   पूर्व राजदूत अन्सारीविरुद्ध मुद्धा
595.   सरकारी अड्डा अब १२ घण्टा खुल्ने
596.   एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध विमानस्थल बन्दै
597.   प्रहरीले अब एयरपोर्टमा दुःख नदिने
598.   कोरियामा अवैध बस्ने नेपाली कामदार घटे
599.   प्रवासी कामदार अध्ययन कार्यदल गठन
600.   बौद्धमा न्यूयोर्क विश्वविद्यालयका दन्त चिकित्सकको निशुल्क शिविर
Results 724: You are at page 24 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media