मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
501.   इपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
502.   भागबन्डाको शिकारमा राजदूत नियुक्ति
503.   नेपालको संविधान २०७२ जारी
504.   नयाँ संविधान जारीसँगै आफ्नो कर्तव्यपरायणमा लाग्न क्लबको आग्रह
505.   अब पुन : श्रम स्वीकृति एयरपोर्टबाटै
506.   स्वदेशमै आत्मनिर्भर बन्ने सम्मानित
507.   ‘मेनपावर, स्वास्थ्य र अभिमूखिकरण व्यवसाय सहकार्य गरेर अघि बढ’
508.   घरेलु तालिम लिनेमा पुरुषभन्दा महिला बढी
509.   न्यायाधीश बमको हत्यारालाई साउदीबाट नेपाल ल्याइयो
510.   पर्वतीय पर्यटन सुरक्षित रहेको व्यवसायी तथा कामदारको भनाई
511.   कोरियामा रहेका नेपालीलाई हाइड्रोपावरको सेयर
512.   कन्सल्टेन्सीका नाममा मेनपावरको काम
513.   नौ मुलुकका नियोग राजदूतविहिन
514.   रातो पासपोर्ट दुरुपयोग गर्नेलाई जेल सजाय
515.   अन्तर्राष्ट्रिय विमानस्थल वरपरका अग्ला घर हटाउन निर्देशन
516.   गोमा एयरले आजबाट तुम्लिङटार उडान थाल्यो
517.   जिल्ला प्रशासनको लापरवाहीले एयरपोर्टबाट कामदार फर्किए
518.   चितवनमा पीस वेवद्धारा खानेपानी र शौचालयको शिलान्यास
519.   जब श्रमराज्य मन्त्री गुरुङ श्रमग्राम पुगे (फोटोफिचर)
520.   वैदेशिक रोजगारीको नाममा मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस
521.   धादिङको खार्साका भूकम्पपीडितलाई राहत
522.   सामाजिक कार्यमा पिस वेव नेपालको अभियान
523.   सरकार–व्यवसायी सहमति धोका भन्दै व्यवसायी भेला
524.   सरकार र मेनपावर व्यवसायीको सहमतिप्रति नागरिकको तिब्र आक्रोश
525.   द रिभरबाट विदेश गएका भुकम्पपीडितलाई राहत हस्तान्तरण
Results 724: You are at page 21 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media