मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
476.   संचारकर्मी खडकालाई वैदेशिक रोजगार पत्रकार समाजको सहयोग
477.   विश्वका भ्रमणयोग्य मुलुकको सूचीमा नेपाल पहिलो
478.   राजदूत नियुक्त गर्न पहल शुरु
479.   भुकम्पले क्षतिग्रस्त विद्यालय पुननिर्माणका सहयोगी हातहरु सम्मानित
480.   शुक्रवारदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)
481.   श्रम तथा रोजगार मन्त्रीमा बोहोरा
482.   साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन
483.   काठमाडौंमा महंगी बढ्यो
484.   भारतीयलाई नेपालीको सहयोग
485.   साउदी अरबले एक करोड लिटर इन्धन नेपाललाई दिने
486.   डान्सबारमा काम गर्न हिडेका १ सय ७८ लाई तातोपानी नाकाबाट फर्काइयो
487.   क्यान्सर रोगी थापालाई हङकङका नेपालीको सहयोग
488.   लाइसेन्स मात्र होइन ब्लु–बुकलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गरिने
489.   प्रवासी श्रमिकका समस्याप्रति साउदी अरबमा चिन्ता
490.   ‘बाँच्न र पढ्न देऊ’ भन्दै चक्रपथमा मानव साङ्लो
491.   युएईको एनएमसी ग्रुपद्वारा ५ करोडको औषधि हस्तान्तरण
492.   सेयर मिशन अमेरिकामार्फत काभ्रेको स्कुललाई आर्थिक सहयोग
493.   सरकारले दाउरा बेच्न सुरु गर्‍यो
494.   नाकाबन्दी खुलाउन सरकारलाई निर्देशन
495.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर सम्पन्न
496.   रोटरी क्लब अफ राजधानी १४ औं वर्षमा
497.   राष्ट्रसंघ कार्यालय अगाडि भारतीय नाकाबन्दीविरुद्ध प्रर्दशन
498.   योजना आयोगको उपाध्यक्षमा खतिवडा
499.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर शुरु
500.   गलत काम गर्ने कसैलाई छाडदिन:महानिर्देशक बोगटी
Results 724: You are at page 20 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media