मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
251.   २०७५ वैशाख १५ सम्म देशभरिका सबै केवल टेलिभिजनलाई डिजिटल बनाइने
252.   अब खाडी मुलुक घुम्न जान नपाइने, टुरिस्ट भिसा रोक्न निर्देशन
253.   मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री
254.   घोराही उप–महानगरपालिकाको मेयरमा कांग्रेसबाट किरणकिशोर घिमिरे बलियो दावेदार
255.   २४५ फिट अग्लो धरहरा बनाउन दुई अर्ब ८० करोड रुपैयाँ लागत
256.   उपत्यकामा आज घोडेजात्रा मनाइँदै
257.   रगत ... म पनि दिन्छु !
258.   ट्रम्प प्रशासनको नयाँ आदेश : अझै कठिन हुनेछ अमेरिकी भिसा पाउने प्रक्रिया
259.   बोनम्यारो पीडित कल्पनालाई गन्तव्य नेपाल साउदीको सहयोग
260.   सरकारद्धारा १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
261.   राहदानी लिएका यी महिलाहरु कहाँ गए ?
262.   मृतक कामदारको पैसा खाएको आरोपमा पूर्वराजदूत अन्सारीलाई जेल सजाय
263.   नेपाली टुरिस्ट गाइडलाई अमेरिकी अवार्ड
264.   निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक
265.   पुनर्निर्माणमा सक्दो सहयोग गर्न तयार छौं : विश्व बैंक
266.   चेपाङ समुदायको स्थलगत अवस्था बुझ्दै चितवन युवा समुह
267.   आज अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
268.   छोराले रेस्लिङ्ग जित्दा आमा रिङमा
269.   दुबई एयरपोर्टमा डोरीले बाँधेको लगेज प्रतिबन्धित
270.   लिस्नर्स क्लबले पर्यवेक्षण प्रतिवेदन बुझायो
271.   १२ मुलुकमा सिफारिस राजदूतको सुनुवाइका लागि सूचना प्रकाशित गरिने, लामाको नाम हटाइयो
272.   मलेसियाबाट नेपालसम्म रेलको प्रस्ताव
273.   नेपाल स्काउटको विवाद कायमै, पुनर्गठनमा सरोकारित निकाय मौन
274.   विदेशी लगानी भित्रयाउन आजबाट लगानी सम्मेलन हुँदै
275.   पोखरामा इण्डो–नेपाल रेस्लिङ शुरु
Results 724: You are at page 11 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media