मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
226.   उपत्यकाका चारै दिशामा चार नयाँ सहर बन्ने
227.   गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता
228.   वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा
229.   दीप बस्न्यात अख्तियारको प्रमुख आयुक्तमा सिफारिस
230.   स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता धमाधम
231.   ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’
232.   प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता
233.   काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने
234.   शर्मिला पराजुली ओमानका लागि नेपाली राजदूतमा नियुक्त
235.   हिमालय एअरलाइन्सले काठमाडौं-दुबई सिधा उडान सुरु गर्‍यो
236.   नेपाल स्काउटमा आन्दोलनको घोषणा
237.   भुकम्प गएको दुइ बर्ष पुग्यो, अनुदानबाट एक घर पनि बनेन
238.   कामदारबाट उठाएको अर्बौं रकम ६ वर्षदेखि थन्कियो
239.   अष्ट्रेलिया जाने विद्यार्थीले अब जुनसुकै बाणिज्य बैंकबाट ऋण लिन सक्ने
240.   अमेरिकाको सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने
241.   कतारका लागि कोइराला र इजरायलका लागि थापा नेपाली राजदूतमा नियुक्त
242.   महिला नेतृहरु पनि के कम ? बलेफि गाँउपालीकामा गीता नेपालको दावेदारी
243.   डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो
244.   मुसहर समूदायलाई धुर्मुस-सुन्तलीको उपहार, एकीकृत नमुना बस्ती हस्तान्तरण
245.   उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य
246.   वैदेशिक रोजगारीमा गएका नेपालीलाई मताधिकार दिन विवेकशीलको माग
247.   ९३ हजार अमेरिकी डलरसहित नेपाल एयरलाइन्सका क्याप्टेन पक्राउ
248.   बचत गराउन मेगाको ‘नानीमा लागेको बानी’ मा पारस र प्रियंका
249.   आउने भए निगमका २ वाइड बडी जहाज, भयो खरिद सम्झौता
250.   भूकम्पपीडितलाई जेठ दोस्रो सातादेखि ट्याक्सी
Results 724: You are at page 10 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media