आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
876.   नविल बैंकमा खाता अब अनलाइन बाट
877.   राष्ट्र बैंकद्वारा नयाँ नोट वितरण
878.   बेष्ट रेमिट र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता
879.   बेष्ट रेमिट र जनताबैंकबीच रेमिट्यान्स सम्झौता
880.   कतारमा आईएमईको उपहार वितरण
881.   सिटि एक्सप्रेस र एनसीसी बैंकबीच रेमिट्यान्स सम्झौता
882.   टानमा धमला विजयी
883.   ‘टान’मा नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै
884.   पुतलीसडकमा सनराइज बैंक
885.   मेगाको रक्तदान
886.   एभरेष्ट बैंकले ल्यायो ‘उत्सव अवसर योजना’
887.   सुपथ मूल्य पसल शुरु
888.   रन शुजको शो-रुम लगनखेलमा
Results 888: You are at page 36 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36

Powered By : Unitech Media