मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
651.   आर्थिक पत्रकार संघमा सापकोटाको नेतृत्व
652.   वायु सेवा निगमको महाप्रवन्धकमा कंसाकार नियुक्त
653.   भुकम्प पीडितलाई विओकेको सहयोग
654.   भूकम्प पीडितको ५० हजारसम्मको ऋण मिनाहा
655.   भूकम्प पीडितलाई ऋण दिन बैंकहरु तयार
656.   राष्ट्र बैंकको प्रतिवेदन : मूल्यवृद्धि ६.९ प्रतिशत मात्रै
657.   ग्लोबल आइएमईको सिइओमा ज्ञवाली
658.   बेष्ट र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
659.   आइएमईको साढे २ करोड प्रधानमन्त्री उद्दार कोषमा
660.   भूकम्प पीडितलाई हिमालयन बैंकको १ करोड राहत
661.   इन्भेष्टमेण्ट बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण
662.   दोलखामा प्रभु समुहको राहत
663.   २५ करोड राहत दिने चौधरी ग्रुपको घोषणा
664.   भूकम्प पीडितलाई कुमारी बैंकको ५१ लाख सहयोग
665.   कैलाश विकास बैंकद्धारा भुकम्पपीडितलाई २८ लाख ८० हजार सहयोग
666.   भूकम्प पीडितका लागि मेगा बैंकको ५० लाख सहयोग
667.   वेष्ट रेमिटले निशुल्क सेवा दिने
668.   रेमिट्यान्स कम्पनीहरुद्धारा राहत सहयोग
669.   ‘एस रेमिट’ले थाल्यो कारोवार
670.   यतीको जग्गा-गाडी विशेष कर्जा योजना
671.   कुमारी बैंकले ल्यायो ‘कुमारी स्वस्थ जीवन बचत खाता’
672.   विदेशमा नेपालीलाई लगानीको वाटो खोल्न गभर्नरसँग आग्रह
673.   आईएमइले ल्यायो नयाँ बर्ष अफर ‘खुशीका तीन दिन’
674.   कुमारी बैंकद्वारा कुमारी भवानीलाई छात्रवृत्ति
675.   पल्पी जुस बजारमा
Results 886: You are at page 27 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media