शनिवार, असार ०९ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
626.   कुमारी बैंकद्वारा गोरखामा जस्तापाता वितरण
627.   चितवनमा लक्की ज्वेलर्शको उदघाटन
628.   राष्ट्र बैंकमा १४ कार्यकारी निर्देशकको सरूवा,
629.   शर्माको लगानीमा नारायणगढमा खुल्दै लक्की ज्वेलर्स
630.   कैलास विकास बैंकलाई उत्कृष्ठ वित्तीय प्रतिवेदन पुरस्कार
631.   प्रभु बैंकको बिशेष साधारण सभा सम्पन्न
632.   राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाको पुँजी चारगुणा बढाउने निर्णय
633.   मेगा बैंक छैटौँ बर्षमा
634.   क्रेडिट लाइफ इन्सुरेन्सका लागि प्रभु र प्राइमलाइफबीच सम्झौता
635.   बेष्ट रेमिट र सनराइज बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता
636.   आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कर्मचारीको तलब बढेन
637.   रिलायबल र एस डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
638.   आइएमई र ग्लोबल आइएमई बैंकको संयुक्त छात्रबृति योजना
639.   आईएमई को–अपरेटिभद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
640.   महासंघको अध्यक्षमा मुरारका निर्विरोध
641.   इ–नेटको ‘अनलाइन पेमेण्ट’ लोकप्रिय बन्दै
642.   वैदेशिक रोजगार बचतपत्रको विक्रि खुल्ला
643.   मेगा बैंकको ब्रान्ड एम्बेसडरमा सुरजसिंह ठकुरी
644.   सरसफाइ तथा भग्नावशेष हटाउँदै आईएमईको १५औं वार्षिकोत्सव मनाइयो
645.   हुण्डी कारोबारका विरुद्ध राष्ट्र बैंक सक्रिय
646.   इजी लिंक रेमिट्यान्स र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
647.   सिद्धार्थ बैंकद्वारा एक करोड एक लाख सहयोग
648.   प्रभू बैंकले ल्यायो दुर्इ नयाँ मुद्दति खाता
649.   भूकम्प पीडितलाई यती बैंकको सहयोग
650.   पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि
Results 887: You are at page 26 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media