मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
551.   आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्तिको वितरण थालियो
552.   सिद्धार्थ बैंकमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक गाभिने
553.   दि बैंकरद्धारा डा.महतलाई उत्कृष्ट अर्थमन्त्री घोषणा
554.   लोडसेडिङ फेरि बढ्यो (तालिकासहित)
555.   मेगा बैंकको ५३ ठाउँमा शाखारहित सेवा
556.   भूकम्पपीडितलाई न्यानो कपडा किन्न तीन अर्ब बढी रकम वितरण
557.   ग्लोबल आइएमई बैंक दशौं वर्षमा
558.   लघुवित्त संस्था प्रवन्धकहरुको लागि विशेष प्रशिक्षण सम्पन्न
559.   बिओके र लुम्बिनी बैंकबीच मर्जरमा जाने सम्झौता
560.   हिमालयन बैंकले शेयरधनीलाई ४२ प्रतिशत लाभांस दिने
561.   दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखारहित बैंकिङ सेवा’
562.   प्रभु मनि ट्रान्सफर र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
563.   प्रभु र स्वावलम्वन लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता
564.   मेगा बैंकले ल्यायो ‘मेगा भिसा क्रेडिट कार्ड’
565.   हिमालन बैंकद्वारा न्यु चिल्ड्रेन्स होमका बालबालिकालाई सहयोग
566.   लमजुङमा ग्लोबल आइएमईको नयाँ शाखा
567.   सानिमा बैंकद्धारा ५ लाख राशीको पत्रकारिता पुरस्कार घोषणा
568.   बेष्ट रेमिट र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
569.   कञ्चनपुरको वेलौरीमा विओकेको ५१ औ शाखा संचालनमा
570.   मेगा बैंकको २९ औँ शाखा अछामको साँफेबगरमा
571.   ग्लोबल आइएमईको तिन शाखारहित बैंकिङ्ग सेवा विस्तार
572.   प्रभु मनि ट्रान्स्फर र नेष्डो नेपालबीच रेमिटेन्स सम्झौता
573.   एनसेलको ‘कतारबाट कल आयो पैसा पायो’ अफर
574.   तम्घासमा प्रभु बैंकको शाखा संचालनमा
575.   सुकेधारामा ग्लोबल आईएमईको शाखा
Results 886: You are at page 23 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media