मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
526.   यती डेभलपमेण्ट बैंकको बित्तिय साक्षरता कार्यक्रम
527.   मेगा बैंकको ३० औँ शाखा डडेल्धुरामा
528.   कैलाली र बर्दियामा विओकेका थप २ शाखा संचालनमा
529.   बेष्ट पत्रकारिता पुरस्कारका लागि आवेदन माग
530.   विद्युतीय भुक्तानी प्रणालीका लागि आइएमई र क्लियरिङ हाउसबीच सम्झौता
531.   एनबी बैंकका ढुंगाना वर्षकै उत्कृष्ट व्यवस्थापक
532.   चौधरी ग्रुपका संस्थापक लुनकरणदासको निधन
533.   लोडसेडिङ फेरि बढ्यो, अब हप्तामा ९३ घन्टा बत्ती नआउने (तालिकासहित)
534.   बंगबन्धु विजेता खेलाडीलाई आइएमर्इको सम्मान
535.   बेष्ट पत्रकारिता पुरस्कारलाई आवेदन मागियो
536.   विओकेले विकट गाँउमा गरयो न्यानो कम्बल वितरण
537.   हिमालयन बैंकले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ति
538.   निक्षेपको ब्याजदर घट्यो तर कर्जाको घटेन
539.   एभरेष्ट बैंकले भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा बाँड्ने
540.   देश भित्रिने रकम उल्लेख्यरुपले बचत
541.   मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ भुक्तानी
542.   अन्तर बैंक भुक्तानीका लागि बेष्ट रेमिट र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
543.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
544.   नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा राजभण्डारी
545.   छ वटा बैंक मर्ज हुँदै
546.   मेगा बैंकको अध्यक्षमा शाह
547.   एनसेलले ल्यायो 'भ्वाइस प्याक' योजना
548.   मेगा बैंकमा नयाँ सञ्चालक समिति निर्वाचित, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
549.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
550.   प्रभु म्यानेजमेन्टद्वारा रक्तदान
Results 886: You are at page 22 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media