शनिवार, असार ०९ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
226.   एभरेष्ट बैंकको निक्षेप परिचालन योजना सुरु
227.   संसदको बजेट अधिवेशन शुरु, १२ खर्ब बढीको बजेट ल्याउने तयारी
228.   ओमानबाट पैसा पठाउन बुम रेमिट र ग्लोबल मनि एक्स्चेन्जबीच सम्झौता
229.   कुवेतले रेमिट्यान्समा पाँच प्रतिशत कर लगाउने तयारी गर्दै
230.   ढकालको अध्यक्षतामा डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा नयाँ कार्यसमिति
231.   सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ
232.   जनरल फाइनान्स र बेष्ट रेमिटबीच रेमिट्यान्स सम्झौता
233.   बैशाख १५, १६ र १७ गते भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो’ हुने
234.   शुल्क बढेपछि त्रिभूवन विमानस्थलबाट हुने आयात निर्यात ठप्प
235.   आइसिएफसि फाइनान्स लिमिटेडको १३ औं शाखा जयमंगलामा
236.   एकै व्यक्तिको एक भन्दावढी खाता सञ्चालनमा रोक
237.   एनसेलको पिआरबिटी सेवा अब मात्र रु १ मा
238.   जनरल फाइनान्सको सिर्इओमा पहारी नियुक्त
239.   एलसीसी ट्रान्स–सेन्डिङ र सीटी एक्सप्रेसबीच सम्झौता
240.   उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा गोल्छा, क–कस्ले जिते ?
241.   महासंघको नेतृत्व हत्याउन चुनावी साधारणसभा सुरु, मंगलबार नयाँ नेतृत्व चयन
242.   जेएमईको नयाँ शाखा जापानको फुकुओकामा
243.   एभरेष्ट बैंकको ८८औं एटिएम जैन भवनमा
244.   प्रभु बैंकद्धारा ऑखा शिविर सञ्चालन
245.   महासंघको एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध, प्रधान समुहको पनि समर्थन
246.   एसईई परीक्षार्थीलाई एनसेलको विषेश अफर, एक रुपैयाँमा सिम
247.   जापानबाट नेपाल पैसा पठाउँदा क्योउदाइ रेमिट (आईएमई) को उपहार योजना
248.   हिमालय एयरलाइन्सको तेस्रो विमान आइपुग्यो काठमाडौं
249.   बुम रेमिट र फेवा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
250.   'रेमिट टु नेपाल'को रेमिट्यान्स सेवा आरम्भ
Results 887: You are at page 10 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media