शुक्रवार, असार ०८ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २७ गते ०३:०६

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा एनआरएन एनसीसी यूएईले शनिबार श्रमिकहरुलाई इफ्तार भोजन गराएको छ । विभिन्न देशका मजदुरहरुको बाक्लो उपस्थिति रहेको दुबईको अलकुज एरियामा रहेको अरबटेक कम्पनीको क्याम्पमा रहेका ५ सय मजदुरहरुलाई एनआरएनए एनसीसी यूएईले साझ ७ बजे इफ्तार कार्यक्रम आयोजना गरेको हो ।
 
बिरियानी, जुस, फलफूल तथा पानी उक्त इफ्तार भोजनमा निशुल्क वितरण गरिएको उक्त थियो । कार्यक्रम विगत तीन वर्षदेखि निरन्तर गर्दै आएको र धार्मिक सहिष्णुता र सम्मान स्वरुप यो इफ्तार कार्यक्रम आयोजना गरिएको एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।
 
एनआरएन युएईका केन्द्रीय सदस्य समिम खानको संयोजकत्वमा आयोजित कार्यक्रममा नेप्लिज मुस्लिम सोसाइटी यूएईले सहजिकरण गरेको थियो ।
 
एनआरएनका मध्यपूर्व उपसंयोजक गोपाल कंडेल, आईसीसी सदस्य मनोज गोर्खालीले उपस्थिति जनाएर मुस्लिम धर्मावलम्बीको चाडप्रति एनआरएन यूएईले प्रकट गरेको सद्भाव प्रशंसनीय रहेको बताए ।
 
कार्यक्रमको सफलताको लागि एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष नेत्र शर्मा, महासचिव कृष्ण पौडेल, सचिव राजेश बोहरा, युवा संजाल प्रमुख नवीन पौडेल, केन्द्रीय सदस्यहरु समशेर योन्जन, बिष्णु बगाले, निरन्जन सिलवाल, राजन खतिवडा, ओम उप्रेती लगायत १२ जना केन्द्रीय पधाधिकारी तथा दुबई  क्षेत्रीय अध्यक्ष मदन अधिकारी लगायत अन्य शुभेच्छुक सदस्यहरुको उपस्थिति थियो ।
 
एनआरएनले सबै धर्म, जाति र सम्प्रदायका चाडपर्वलाई समभाव राक्दै आपसी मिलन र ऐक्यबद्धता जनाउदै जाने क्रममा यो इफ्तार कार्यक्रम आयोजना गरिएको र आगामी वर्षहरुमा पनि अझ भब्यतापुर्वक मनाउनु पर्नेमा कार्यक्रम संयोजक खानले जोड दिएका छन् ।
 
रमादानको अवसरमा स्थानीय सामाजिक संस्था र अन्य देशका विभिन्न संस्था र समुदायले इफ्तार भोजन गराए पनि नेपाली समुहबाट पहिलो पटक इफ्तार कार्यक्रममा सरिक भएको बताउने पाकिस्तानी नागरिक मोहम्मद सरिफले नेपालीहरुले वितरण गरेको इफ्तार भोजनप्रति आयोजकलाई धन्यवाद प्रकट गरेका छन् ।
 
यो इफ्तार कार्यक्रममा नाइजेरिया, भारत, पाकिस्तान, बंगलादेश, नेपाल लगायतका मुस्लिम धर्मावलम्बीले भाग लिएका थिए ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
2.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
3.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
4.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
5.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
6.   एनआरएन यूएईको आयोजनामा इफ्तार
7.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
8.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
9.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
10.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
11.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
12.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
13.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
14.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
15.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
16.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
17.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
18.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
19.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
20.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
21.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
22.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
23.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
24.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
25.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
Results 566: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media