मंगलवार, असार ०५ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
176.   इजरायलमा साहित्यकार सरुभक्तसँग साहित्यिक सम्वाद तथा भेटघाट सम्पन्न
177.   ओमानमा सगरमाथा समुहको फुटवल प्रतियोगिता सम्पन्न
178.   कुबेतबाट १७ घरेलु महिला कामदार स्वदेश फिर्ता
179.   साउदीबाट हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन
180.   ३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको योजना
181.   अमेरिकामा कार दुर्घटना हुदा ४ नेपालीको मृत्यु
182.   बालगृहलाई नेपाली महिला समूह ओमानको सहयोग
183.   जनसम्पर्क समिति अष्ट्रेलियाको मैत्रिपूर्ण फूटवल सम्पन्न
184.   कतारमा ५४ औं नेपाल इन्जिनियर्स डे सम्पन्न
185.   काभ्रे सम्पर्क समिती कतारमा ढुंगाना
186.   मलेसियामा नेपालीको मःम किङ खुल्यो
187.   कोरियामा कार्यरत २३ युवाले दिए जन्मभूमिलाई एम्वुलेन्स उपहार
188.   कतारमा सुगन्ध फैलाउँदै : पिर मोहम्मद
189.   प्रवासबाट पनि समाजसेवामा कमलाको सक्रियता
190.   चितवन सेवा समाज कुवेतमा नयाँ कार्यसमिति
191.   मलेसियाका विदेशीलाई नेपाली स्वादमा लोभ्याउँदै गुष्टा क्याफे
192.   युएईमा नेपालीको लगानी रहेको जिकेएस टायरको उद्घाटन
193.   राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त
194.   रुकुममा आमा बुवाको आँसुको धारा, कतारको अस्पतालमा मा छोरो ९ महिना देखि बेसहारा
195.   नेपाली कामदारको कानुनि अधिकार हनन हुन दिदैनौ : हुवैल
196.   मानवसेवा आश्रमलाई कतारका समाजसेवी गुरुङको सहयोग
197.   ओमान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
198.   राजा घले अमेरिकामा सम्मानित
199.   धुर्मुस–सुन्तली फाउण्डेशनलाई एभरेष्ट नेपालको १४ लाख, बाकि रकम छिट्टै हस्तान्तरण गरिने
200.   कतारमा ‘चितवन धमाका’ र ‘धुर्मुस सुन्तली साँझ’
Results 413: You are at page 8 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media