मंगलवार, असार ०५ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
126.   जिसी अवैतनिक सल्लाहकार नियुक्त
127.   जनप्रगतिशील मञ्च मलेसियामा पुन: पाण्डेको नयाँ नेतृत्व
128.   विदेशी जेलमा रहेका नेपाली कामदारलाई निःशुल्क कानुनी सहायता
129.   कतारको परिवर्तित श्रम कानूनको नेपाली अनुवाद सार्वजनिक
130.   काभ्रेली समाज जापानले राजु लामा लाईभ सांस्कृितक साँझ आयोजना गर्ने
131.   २ सय २७ कामदार विदेशी जेलमा, कुन देशमा कति नेपाली ?
132.   मलेसियामा बलिउड नाइट सम्पन्न (फोटोफिचरसहित)
133.   कुवेतमा मानसिक सन्तुलन गुमाएकी अनीशा ७ बर्षपछि नेपाल फर्किइन्
134.   नेपालका लागि अष्ट्रेलियन राजदूतमा पिटर बड
135.   कास्की आदर्श सेवा समाज, कतारको भलिवल प्रतियोगिता सम्पन्न
136.   दूतावासमा दुखः पोख्दा किन हामीलाई दलाल भनिन्छ परराष्ट्र मन्त्री ज्यू ?
137.   थपलिया स्वीडेनको पर्यटनदूत
138.   रोजगारीका लागि कतार गएका नरेशकुमार ८ वर्षदेखि बेपत्ता
139.   काम गरेको पारिश्रामिक माग्दा साउदी जेलमा यातना भोग्दै एक नेपाली
140.   प्रवासी नेपाली मंच युएई आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन
141.   नेपाली महिला समुह ओमानद्धारा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न
142.   यूएईमा वेटरदेखि सेफ बनेका थापा
143.   युएईमा नेपाली स्वाद चखाउदै 'नेपालीको सगरमाथा रेष्टुरेण्ट'
144.   नारी दिवसमा एकता समाज कतारको बनभोज
145.   गोरखा सेवा समाज युएईको बनभोज कार्यक्रम सम्पन्न
146.   अमेरिकामा नेपाली विषयको पढाइ
147.   काम सिकेर आएमा युएईमा प्रशस्त अवसर छ
148.   प्रवासीतर्फ राप्रपा केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी
149.   भिजिट भिषामा यूएई आउनेलाई व्यवस्थित गर्नु पर्ने माग
150.   जिल्ला समन्वय समिति कतारको अन्तरक्रिया सम्पन्न
Results 413: You are at page 6 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media