सोमवार, असार ०४ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
101.   व्यवसायी र कामदारलाई जोड्ने भिजन लिएर आएको छु
102.   ललितपुर क्षेत्रका संघको उम्मेदवारलाई आज शुभकामना
103.   स्थानीय निर्वाचनले संघको चुनावी रौनकता सेलाउँदै
104.   साउदीमा राजदूत राजपुतको स्वागत
105.   संघ निर्वाचनमा ढकाल नेतृत्वको संयुक्त ब्यवसायी समूहद्धारा उम्मेदवारी घोषणा
106.   ‘बिहान ५ बजेदेखि राति १२ सम्म भोट माग्नेहरु अरु बेला पनि सक्रिय हुनुहोस्’ :बरिष्ठ व्यवसायी केसी
107.   ओमानबाट प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र
108.   क्यान्सर पीडित गौतमलाई कात्तिकेदेउराली समाज कोरियाको सहयोग
109.   राजदूत बस्न्यातद्धारा मलेसियामा गोर्खालीले देखाएको साहसको प्रशंसा
110.   साउदी अरेविया, बहराइन, युएई र इजिप्टद्वारा कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा
111.   ओमानमा गणतन्त्र दिवस भब्यरुपमा सम्पन्न
112.   ओमान रोजगारीमा सन्तुष्ट बनेका सापकोटा
113.   ३ सय १८ नेपाली विदेशी जेलमा
114.   दुवईमा नेपाली चेली रिताको हत्या
115.   दुबर्इमा बस दुर्घटना, तीन नेपालीसहित आठको मृत्यु
116.   कतारमा ३ कामदारको मृत्यु, एकजना नेपाली रहेको पुष्टि
117.   प्रवासी नेपालीको प्रश्न नोट चल्ने भोट नचल्ने ?
118.   भवन भट्टले जापानमा एकैपटक थपे १४० रेष्टुँरा
119.   इजरायलमा नेपाली पर्यटनको प्रवर्द्धन
120.   मलेसियामा अलपत्र परेका १८ नेपाली कामदारको उद्दार
121.   भलिबल प्रतियोगितासहित नयाँ वर्षको स्वागत गरे साउदीका नेपालीले
122.   कालोराडोको सडकमा नेपाली परेड
123.   काभ्रे सेवा समाज युएईको नयाँ बर्ष सांस्कृतिक साँझ २०७४ सम्पन्न
124.   आफ्नै ब्राण्ड कतारदेखि लण्डनसम्म बिस्तार गर्दै नेपाली युवा ब्यवसायी
125.   पर्वत युवा सेवा समाज कतारमा पौडेल
Results 413: You are at page 5 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media