सोमवार, असार ०४ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
376.   वृद्धाश्रममा ढुंगानाको सहयोग
377.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
378.   स्वदेश फर्कन साउदीवाट श्यामवहादुरको हारगुहार
379.   नेपाल लोकतान्त्रिक मञ्च कतारको प्रथम राष्ट्रिय भेला सम्पन्न
380.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
381.   मलेसियाले विदेशी कामदारको माग घटाउने
382.   मलेसियामा अबैध कामदारमाथि भोलिवाट फेरी धरपकड
383.   स्याङ्गजा सहयोग समाज कतारमा बस्याल
384.   बहराइनले नेपाली कामदारलाई थप अवसर दिने
385.   एनआरएन मलेसियाले गर्यो राजदुत वस्न्यातको भब्य स्वागत
386.   दार्चुलाका बाढिपीडितलाई बहराइनका नेपालीको सहयोग
387.   ओमानमा नेपाली दुतावासको उदघाटन
388.   सन्ध्या ग्रुपद्धारा खनालको बिदाई
389.   नेपाली दुतावास ओमान आगामी मंसिर ५मा उ्दघाटन हुने
390.   साउदीमा धरपकड शुरु
391.   मलेसियाको भिषा शुल्क बढ्यो
392.   महिला फुटवल टोलीलाई कतारमा सम्मान तथा विदाई
393.   साउदीमा नेपाली कामदारको मृत्यु
394.   प्रबासको दशै, म र मेरी आमा
395.   मलेसियाका लागि नेपाली राजदूतमा बस्न्यात
396.   किन अवैध बस्छन् कोरियामा नेपाली?
397.   सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सर्ने
398.   मलेसियामा गैरकानूनी रुपमा कार्यरत २३ नेपाली सेक्युरिटी गार्ड पक्राउ
399.   बर्खास्त गर्ने निर्णयको विरुद्ध राजदुत शर्मा सर्वोच्चमा
400.   नेपाल–ईटाली उद्योग वाणिज्य संघ गठन
Results 413: You are at page 16 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media