सोमवार, असार ०४ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
276.   एनआरएन मलेसियाको अध्यक्षका लागि उम्मेदवारी दिएका भट्टराईद्वारा उम्मेदवारी फिर्ता
277.   जनप्रगतिशिल मोर्चा जापानद्धारा बिरामी गोलेलाई सहयोग
278.   ओमानका लागि कार्यवाहक राजदूत रेग्मीको विदाइ
279.   इजरायलबाट टिर्सट र खाजा बेचेको रकमले विधालय निर्माण गरिदै
280.   नुवाकोटको विद्यालयलाई जनप्रगतिशिल मोर्चा जापानको सहयोग
281.   चितवन यूवा समुह कतारमा पुनः कार्की
282.   युएईमा मृत्युदण्डको सजाय सुनाइएका अनिश नेपाल फर्किए
283.   यूकेमा बस्ने बिष्णुको अगुवाई ५० लाख बराबरको सहयोग वितरण
284.   अमेरिका बस्ने सुरेन्द्रको सामाजिक सेवा
285.   जनप्रगतिशिल मञ्च ओमानको अध्यक्षमा अर्याल
286.   हङकङमा श्रेष्ठलाई स्वागत
287.   जापानका रामकृष्णको भूकम्पपीडितलाई १० लाखको सहयोग
288.   रोकिएन श्रेष्ठको सामाजिक अभियान
289.   भूकम्प पीडितलाई बुद्धभिजन ओमानको सहयोग
290.   प्रवासी झापाली मञ्चद्धारा १ करोड बराबरको राहतसामाग्री वितरण
291.   तामाङ दाजुभाईको नुवाकोटमा १३ लाखको राहत
292.   ओमानमा अबैधानिक रुपमा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्तिको मौका
293.   युवा समूहद्धारा निःशुल्क औषधी वितरण
294.   कतारमा गोरखालीको शोकसभा तथा दिप प्रज्वलन कार्यक्रम
295.   जनसम्पर्क समिति मलेसियाले दूतावासलाई ज्ञापनपत्र बुझायो
296.   व्यवसायी बाटाजुको निधनप्रति नेपाल मलेसिया वैरो समन्वय संघद्धारा शोक ब्यक्त
297.   कतारमा शोया दाहालको शोकसभा
298.   टोरोन्टोमा नया वर्ष २०७२ को भव्य स्वागत
299.   सामाजिक सेवा सँगै व्यबसायको सुरुवात
300.   नेपालको सिको गर्दै मलेसियामा हड्तालमा उत्रिएका नेपाली काममा फर्किए
Results 413: You are at page 12 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media