सोमवार, असार ०४ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
251.   मह जात्राका कलाकारलाई जापानवासी नेपालीबिच स्वागतार्थ कार्यक्रम हुँदै
252.   कोमामा रहेका विरामीलाई कोरियामा रहेका नेपालीको सहयोग
253.   इजरायलमा नेपाली चेली माथि आक्रमण
254.   कोरियामा हत्या गरिएका रावतको नाममा अक्षय कोष निर्माण तथा सहयोग
255.   चितवन युवा समूहको पहिलो विश्व सम्मेलन भरतपुरमा हुँदै
256.   नेपाली प्रवासी मञ्च ओमानको बनभोज तथा सम्मान कार्यक्रम
257.   जनप्रगतिशिल मोर्चा जापानको सभामुखसँग भेट
258.   ओमानमा रहेका नेपालीको दशैं
259.   अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दसैंं टीका
260.   मलेसियामा १४ नेपाली कामदार पक्राउ
261.   चाडपर्वमा परदेश
262.   सिन्धुपाल्चोकको गोल्चेको विद्यालय बनाउन बेलायतबाट आर्थिक सहयोग
263.   एनआरएनए ओमानले मध्यपूर्वी स्तरीय भेला काठमाडौंमा गर्दै
264.   कतारमा पहिलोपटक विश्वकर्मा पुजा एवं तिज विशेष कार्यक्रम सम्पन्न
265.   बिशिष्ट अरबीहरुको प्यारो नेपाली युवा बेधप्रसाद अधिकारी
266.   महिला समुह ओमानको तीज कार्यक्रम सम्पन्न
267.   यूएईमा आफ्नै पहिचान बनाउँदै नेपाली युवा
268.   एकता समाज महिला बिभागको तीज बिशेष कार्यक्रम
269.   मलेसियाका व्यवसायीद्वारा फ्री भिषा फ्री टिकटको स्वागत
270.   ओमानमा २ नेपालीको मृत्यु
271.   नेफ्टा फिल्म अवार्ड सफल बनाउन कतारका सबै संघ संस्थाहरुको ऐक्यवद्धता
272.   मन्त्रीज्यू, फ्रि भिसा, फ्रि टिकटको निर्णयबाट पछि नहट्नुहोस्
273.   मलेसियाको डान्सबारबाट नेपाली युवती पक्राउ
274.   प्रो.मियाद्धारा अनुदित ‘कतारको अध्यागमन तथा आवासीय कानुन’ सार्वजनिक
275.   गल्फ संयोजकमा क्षेत्री र सापकोटाको उम्मेदवारी घोषणा
Results 413: You are at page 11 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media