सोमवार, असार ०४ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
226.   मलेसियामा चार सय नेपालीको बिचल्ली
227.   नेपाली कांग्रेस केन्द्रिय समितिलाई जनसम्पर्क समिति अष्ट्रेलियाको बधाई
228.   थाई नेपाली संघले निमार्ण गरेको विद्यालय हस्तान्तरण
229.   कतारका गुरुङद्धारा घरआँगनलाई आर्थिक सहयोग
230.   जनप्रगतिशिल मञ्च ओमानले बुझायो एनेकपा माओवादीलाई सुझावपत्र
231.   यौनधन्दामा लागेको आरोपमा मलेसियामा ४ जना नेपाली युवती पक्राउ
232.   नेपाली फुटबल टिम कतार र सिटी एक्सप्रेसबीच सम्झौता
233.   अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा नेपालको सहभागिता
234.   कतारमा प्यूठान समाजको वनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न
235.   एनआरएन ओमानको तेश्रो अन्तर नेपाली क्रिकेट प्रतियोगिता सम्पन्न
236.   दाङ देउखुरी समाज कतारद्धारा मिर्गौला रोगीलाई आर्थिक सहयोग
237.   कतारमा कोइरालाको १३ औं पुण्यतिथिमा श्रद्धान्जली सभा
238.   अर्घाखाँची सेवा समाज कतारको अधिबेशन सम्पन्न
239.   जनसम्पर्क समिति अष्ट्रेलियामा गिरी सर्वसम्मत
240.   कतारमा गुल्मेली वनभोज तथा सास्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न
241.   नेपाल पैसा पठाउदा साउदी अरबमा एक नेपालीलाई कार उपहार
242.   अमेरिका हिँडेका पाँच नेपाली पक्राउ
243.   स्याङ्जा सहयोग समाज युएइको वार्षिक उत्सव सम्पन्न
244.   कपिलवस्तु मुस्लिम समाजको अध्यक्षमा अख्तर हुसेन गड्डी
245.   बुद्धभुमि कपिलवस्तुको भेला तथा परिचयात्मक कार्यक्रम सम्पन्न
246.   ‘नेप्लिज विजनेस एशोसिएसन’मलेसियामा निरौला
247.   ओमानमा संयुक्त बैचारिक संयन्त्र गठन
248.   कतारमा एक नेपालीसहित पाँच जनालाई मृत्युदण्ड
249.   ओमानमा अन्तर नेपाली भलिबल प्रतियोगीता भब्यरुपमा सम्पन्न
250.   मयुर कर्पोरेशनद्धारा चितवनका बालबालिकालाई विभिन्न सहयोग प्रदान
Results 413: You are at page 10 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media