आइतवार, असार १० गते, २०७५
आफ्नै संघ बर्ड फ्लु लागेको कुखुराजस्तो : कुमुद खनाल
शुक्रवार, २०७५ जेष्ठ १७ गते ०३:१२

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले वैदेशिक रोजगारीको क्षेत्रमा पछिल्लो समय चालेको कदम गलत समयको गलत निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष तथा मलेसिया रोजगारसँग जानकार कुमुद खनालले टिप्पणी गरेका छन् । सीमित व्यक्तिको गलत सल्लाहमा मन्त्री विष्ट हिडिरहने हो भने यसले भोलिका दिनमा वैदेशिक रोजगार व्यवसायको क्षेत्र नै तहसनहस हुने रोजगारमञ्चसँगको कुराकानीमा खनालले बताएका हुन् । 
 
मागपत्र दूतावासबाट मात्र प्रमाणिकरण गर्ने निर्णय यसअघि सन् २००९ मा सरकारले लागू गराएपनि यो ९ महिना पनि नटिकेर खारेज भएको अवस्थामा अहिले विना अध्ययन र तयारी केवल चर्चाकै लागि पुन ः यही व्यवस्था लागू गर्न मन्त्री विष्ट हतारिएको खनाल बताउँछन । ‘जुन रुपमा यो व्यवस्थालाई प्रचारमा ल्याइएको छ, के दूतावासले छाप हान्दैमा कामदारले तलब सुविधा पाउने र विचल्लीमा नपर्ने ग्यारेण्टी सरकारले गर्न सक्छ ?’ खनाल प्रतिप्रश्न गर्दै भन्छन्–‘मन्त्रीज्यू कसैको प्रपञ्चमा फसेर यस्तो निर्णय लिन हतारिनु भएको हो भने केहि समयमै यसको रिजल्ट अवश्य आउँछ ।’


 
मलेसिया रोजगारीको सन्दर्भमा पनि मन्त्री विष्टले निर्णय लिन हतारिएको खनालको आरोप छ । ‘मलेसियामा आएको नयाँ सरकारले आफ्नो मुलुकले लागू गरेका असान्र्दभिक व्यवस्था खारेज गर्ने बताइरहँदा मन्त्री विष्टले केहि समय कुरेर र कुटनैतिक पहल पश्चात मात्र यो निर्णय लिनुपथ्र्यो’ खनाल अघि भन्छन् –‘नेपाल सरकारका सम्वन्धित निकायसँग अनुमति लिएर लागू भएका प्रक्रिया एकतर्फिरुपमा खारेज गर्दा मलेसियामा समेत नराम्रो म्यासेज गएको छ ।’ 
 
सिण्डिकेट लगाएको र अतिरिक्त शुल्क उठाएको भन्दै व्यवसायीहरुलाई पक्राउ गरी राखिएकोप्रति पनि संघका पूर्वअध्यक्ष तथा व्यवसायी खनालले रोष प्रकट गरे । ‘यदी ति प्रक्रिया र व्यवस्था गलत थिए भने सबैभन्दा पहिदा त्यसलाई निर्णय गरेर सदर गर्ने मन्त्री र कर्मचारीलाई कारवाही हुनु प¥यो !’ खनालले भने –‘सरकासँग हिम्मत छ भने पुरानो सिण्डिकेट गाम्का नेपाललाई पनि कारवाही गर्न सक्नु प¥यो, कि ति चै अर्कै दर्जाका नागरिक हुन् ? ।’
 
कुराकानीकै क्रममा खनालले वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमिति ‘बर्डफ्लु लागेको कुखुरा’ जस्तै भएको आरोप लगाउदै यस्तै अवस्था रहे वैदेशिक रोजगार व्यवसाय नै धरापमा पर्ने खतरा बढेको बताएका छन् । संघले आफ्नै व्यवसाय घरापमा पर्दा समेत मौन बस्दा सम्पूर्ण व्यवसायीहरुले माफी नदिने खनालको भनाई छ । 
 
पूरा भनाई भिडियोमा  
 
 



प्रतिक्रियाहरु
Dhorendra gurung , Gorkha
सहि भन्नू भयो सर ले। म अहिले कतार मा छु तर मेरो कम्पनी ले फ्री भिसा अनि टिकेट दिदैन म मेरो भाइ लाई पैसा तिरेर ल्याउछु भन्दा सरकारले दिदैन ।के गर्ने होला । हाम्रो अवाज कहिले सुन्ने चोर हरु ले।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
26.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
27.   मेहनत र संघर्ष गरिरहेको छु
28.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
29.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
30.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
31.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
32.   विना एजेण्डा सरकारी टोलिको पछि लागेर जानुले संघ माथि आशंका जन्मायो : घिमिरे
33.   बिचौलियाको दबदबाले मलेसिया रोजगारी संकटमा पर्दैछ
34.   अह, १० हजारमा कामदार पठाउन सक्दैनौं
35.   फ्री भिसा र एक लाखवीचको अन्तरः सुधारको प्रयास आफैंबाट
36.   उर्जा संकट र समाधानका उपाय
37.   दश वर्षभित्र सबैभन्दा ठुलो पाटी बन्नेछौ
38.   युवा जोश जागर पार्टीलाई चाहिएको छ
39.   नारा होइन पार्टीको नीति स्थापीत गर्न नै मेरो उमेदवारी, जिपछिरिङ लामा, उमेदवार, केन्द्रिय सदस्य, नेपाली कांग्रेस
40.   यूएईमा नै पढेर लाखौ कमाउँदै तामाङ
41.   अलअहलियाको सुविधा नेपालीमैत्री छ
42.   बेष्ट रेमिटलाई ‘ग्लोबल ब्राण्ड’ बनाउछौ
43.   गफ होइन काम गर्न आएको हुँ
44.   ट्राभल एजेन्सीदेखि सुन पसलसम्म हुन्डी
45.   जिटुजी दुवै देशका लागि नयाँ अनुभव हो
46.   एनआरएनए अध्यक्षलाई सल्लाहकारको खुल्लापत्र
47.   खाडीका नेपालीप्रति सरकार जिम्मेवार बन्नैपर्छ
48.   नेपालीहरू अन्य देशका लागि रोल मोडल हुन्
49.   मेनपावरको विरोधको गाली होइन, वास्तविकता बुझौ
50.   फ्रि भिसा फ्रि टिकट स्वागतयोग्य
Results 63: You are at page 2 of 3
First Prev 1 2 3 Next Last

Powered By : Unitech Media