शुक्रवार, असार ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ १७ गते २२:४९

आइएमई पे का सेवाग्राहीहरूले अवदेखि सिद्धार्थ बैंक लिमिटेडको खातामा लिंक गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । सिद्धार्थ बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।
 
साथै सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई डिजिटल’ र सिद्धार्थ बैंकबीच ‘आइएमई पे वालेट’ मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा गत फागुनमा भएको हस्ताक्षर अनुसार यो सेवा प्रदान गर्न लागिएको हो । सिद्धार्थ बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।
 
तेह्र हजारभन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२’ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।
 
आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ ।
 
आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता
2.   सल्यानमा इन्भेष्टमेण्टको ७२ औ शाखा संचालनमा
3.   मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
4.   'खेलौं रमाऔँ बैंङ्कक जाऔ' अफर सहित 'आइएमई वल्र्ड कप उत्सव–२०१८' शुरु
5.   प्रभू टिभीको सुरुवात, देशमै पहिलो डिजिटल भिडियो प्रसारणमा आधारित सेवा
6.   आइएमईले चौथो अन्तराष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो
7.   आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता
8.   महालक्ष्मी विकास बैंकको एकैसाथ २ शाखा संचालनमा
9.   आइएमईले मनायो १८ औं वार्षिकोत्सव
10.   माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा
11.   रेमिटयान्स वृद्धिदरमा आयो सुधार
12.   टेलिकमको सबै सेवा मोबाइल एपबाटै
13.   एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान
14.   गोपाल खड्काले राजिनामा दिए
15.   सेयरमा लाभकर लगाउने निर्णयबाट सरकार पछि हट्यो
16.   मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
17.   तनहुँमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर खुल्यो
18.   ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा
19.   युनाइटेड बेभरेजले ल्यायो 'पल्पी' र 'हेप्पी' ब्राण्डका नयाँ जुस
20.   नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह
21.   'किरानामा' कुमारी बैंकको महाबचत योजना
22.   सिद्धार्थ बैंक आइएमई पे वालेटमा आवद्ध
23.   इन्भेष्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर थापाथलीमा, २४ घन्टा नै सञ्चालन हुने
24.   आर्थिक वर्ष २०७५र०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत (बजेटको पूर्ण पाठसहित)
25.   टेलिकमले ल्यायो मिस्ड कल एलर्ट सर्भिस
Results 887: You are at page 1 of 36
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media