शुक्रवार, असार ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ १६ गते ००:२०

सरकारले आर्थिक वर्ष ०७५र७६ को बजेट संसद्मा प्रस्तुत गर्दा श्रम र वैदेशिक रोजगार क्षेत्रका महत्वपूर्ण ११ वटा विषयलाई समेटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसद्मा आर्थिक वर्ष ०७५र७६ को बजेट सार्वजानिक गदै श्रम र वैदेशिक रोजगार क्षेत्रका ११ वटा विषयलाई प्रथमिकतामा राखेर प्रस्तुत गरेका छन् । 
 
देशमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जान रोक्ने विशेष कार्यक्रम ल्याइने, रोजगारी प्रत्याभूति विधेयक ल्याइने, सातै प्रदेशमा श्रम स्वीकृति वितरण कार्यालय खोलिने, समान कामका लागि समान ज्याला दिइने, अन्तर सरकारी स्तरमा श्रम सम्झौता गर्दै सीप सिकाएर मात्र वैदेशिक रोजगारमा जानेलाई अनुमति दिने, सीप क्षमता विकासका लागि तालिम केन्द्र खोलिने, श्रम क्षेत्रका विवाद समाधान गर्ने अर्धन्यायिक निकाय गठन गर्ने, वैदेशिक रोजगारबाट आउने विप्रेषण बैंकमार्फत भित्र्याउने, बाध्यताकारी वैदेशिक रोजगार रोक्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने लगायत ११ वटा कार्यक्रमलाई बजेटमा समेटिएको छ । 
 
सरकारले बाध्यताकारी वैदेशिक रोजगार अन्त्यका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी ५ वर्षभित्र वैदेशिक रोजगारीमा युवा पलायन रोक्ने उद्देश्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको हो। स्वदेशमै स्वरोजगारका अवसर सिर्जना गर्न यो कार्यक्रम ल्याउन लागिएको हो। उक्त कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा खतिवडाले संसद्मा जानकारी गराएका छन्। यस्तै, हातमा सीप नभएका युवालाई अनिवार्य तालिमको व्यवस्था गर्ने विषयलाई बजेटमा उल्लेख गरिएको छ। 
 
यस्तै, रोजगार प्रत्याभूति विधेयक ल्याउने विषयलाई समेटिएको छ। रोजगार पीडित परिवारले पाउने क्षतिपूर्ति स्थानीय निकायबाट वितरण गर्ने विषयलाई पनि बजेट भाषणमा सकेटिएको छ ।
 
वैदेशिक रोजगारबाट फर्किंदा १ सय ग्रामसम्म सुन महसुल तिरेर ल्याउन मिल्ने व्यवस्था बजेटमा प्रस्तुत गरिएको छ। यसअघि ५० ग्रामसम्म सुन ल्याउन मिल्ने व्यवस्था थियो। बजेट कार्यान्वयनबाट ५ लाख जनालाई रोजगारी दिलाउने लक्ष्य लिएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।
–नेपाल लाइभ
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
2.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
3.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
4.   सकसमा वैदेशिक रोजगार
5.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
6.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
7.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
8.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
9.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
10.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
11.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
12.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
13.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
14.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
15.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
16.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
17.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
18.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
19.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
20.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
21.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
22.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
23.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
24.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
25.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
Results 415: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media