सोमवार, असार ०४ गते, २०७५
बुधवार, २०७५ जेष्ठ १५ गते ०५:२१

काठमाडौंको मुटु दरवारमार्गमा गत बर्ष खुलेको दिभान युनिसेक्स हेयर एण्ड स्किन केयरले महिला हिंसा बिरुद्धको अभियान थालेको छ । आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर सौन्दर्य सेवाको क्षेत्रमा ब्राण्डकै रुपमा स्थापित भइसकेको दिभानले सामाजिक उत्तरदायित्वको अभियान थालेको हो । 
 
बार्षिकोत्सवको अवसरमा केक काट्नुको साथै ‘स्टप वमन भ्वाइलेन्स’ लेखिएको टिसर्ट सार्वजनिक गरियो । दिभानमा कार्यरत सम्पूर्ण कर्मचारीले अवदेखि ड्युटीमा रहँदा ‘स्टप वमन भ्वाइलेन्स’ लेखिएको टिसर्ट लगाई काम गर्ने छन् भने दिभानले आफ्नो उत्पादन वा सेवामा महिला हिंसा विरुद्धको नारालाई अनिवार्यरुपमा प्रयोग गर्ने नियम बनाइएको संचालक रमेश पराजुलीले जानकारी दिए । 
 
महिलामाथि हिंसा बढिरहँदा सचेतना जगाएर केही हदसम्म भएपनि कम गर्ने दिभानले लक्ष्य लिएको छ । ‘महिला हिंसाविरुद्ध अभियान शुरु गरेर एक प्रकारको प्रेरकको भूमिका निर्वाह गर्ने प्रयास गरेका छौ’ संचालक पराजुलीले बताए । 

गुणस्तरीय सौन्दर्य सामाग्रीको प्रयोगगरी स्तरीय सेवा प्रदान गर्दै आएको दिभानले स्थापनाको एक बर्षमा नै ग्राहकको मन जित्न सफल भएको छ । 


 
केही कर्मचारी राखेर दरवारमार्गमा शुरु गरिएको दिभानमा अहिले दर्जनौ कर्मचारीले रोजगारी पाएका छन् भने आगामी दिनमा अन्य ब्रान्चहरु पनि खोलिने संचालकको भनाई छ । सरकारले विदेशबाट आयात गरिने गुणस्तरहीन सौन्दर्य सामाग्रीको अनुगमन गर्ने र सौन्दर्यजस्तो विषयमा खेलवाड गर्न नहुने दिवानको मान्यता रहेकोले अन्यभन्दा फरक रहेको संचालक पराजुली बताउँछन् ।


 
दिभानले बार्षिकोत्सवको अवसर पारेर गत आइतबार  एक रुपैयाँमा आफ्नो सौन्दर्यको सेवा प्रदान गरेको थियो । दरवारमार्ग भन्ने वित्तिकै महँगो हुन्छ भन्ने मान्यतालाई दिभानले चिर्न सकेको छ । ‘सस्तोमा गुणस्तरीय सेवा दिनु हाम्रो मान्यता हो’ संचालक पराजुली भन्छन्–‘सौन्दर्यले क्षणिक होइन दीर्घकालिन राम्रो बनाउने हो त्यसमा हामी सम्झौता गर्दैनौ ।’
 
सौन्दर्य सामाग्री विदेशबाट आयात गरेर ग्राहकलाई सन्तुष्टी दिइरहेको ब्युटियिन तथा संचालिका गायत्री पराजुली बताउँछिन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
301.   एनआरएनको पहिलो चरणको राहत कार्यक्रम ओखलढुंगा पुगेर टुंगियो
302.   श्रेष्ठको १५ लाखको राहत बाग्लुङका भुकम्पपीडितलाई
303.   एनआरएन ओमानले आकस्मिक सहयोग स्वरुप १२ लाख पठायो
304.   एनसीसी कतारद्वारा श्रद्धान्जली सभा आयोजना
305.   एक हजार घर बनाइदिने एनआरएनएको घोषणा
306.   गोर्खा, लम्जुङ्ग र काभ्रेका भूकम्प पिडितलाई एनआरएन राहत प्याकेज
307.   भुकम्प पिडीतलाई राहत बितरण गर्न एनआरएन टोली सिन्धुपाल्चोकतर्फ
308.   सामाजिक कार्यमा एनआरएन शर्मा र नायिका थापा
309.   गैरआवासीय नेपालीको लगानीमा म्यादीमा बृद्धाश्रम निर्माण
310.   एनआरएन कतारकी सदस्य दाहालको काठमाडौमा सडक दुर्घटनामा निधन
311.   पत्रकार महासंघ चितवनलाई एनआरएन कतारका सल्लाहकार शर्माद्धारा आर्थिक सहयोग
312.   प्रधानमन्त्रीबाट एनआरएन भवनको शिलान्यास
313.   गुरुङ अष्ट्रेलियाकी आठौं धनी महिला
314.   वैदेशिक रोजगारबाट फर्किएका महिलालाई उद्यमी बनाउन जोड
315.   मोरङको क्लवलाई एनआरएनए उपाध्यक्ष कार्कीको सहयोग
316.   एनआरएन भवनका लागि जापानबाट ७२ लाख संकलन
317.   एनआरएन भवन निर्माणका लागि मलेसियामा ४६ लाख संकलन
318.   एनआरएन कतारका सल्लाहकार शर्माद्धारा चितवनका स्कुल तथा मन्दिरलाई सहयोग
319.   नौ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै एनआरएनको ओसियाना क्षेत्रीय वैठक सम्पन्न
320.   एनआरएन अध्यक्ष शेष घलेद्धारा १ अर्वको परोपकारी कोषको घोषणा
321.   एनआरएनए एनसीसी कतारको शुभकामना आदान प्रदान कार्यक्रम
322.   एनआरएन कुवेतद्धारा नबनियुक्त राजदुत हमालको स्वागत तथा कार्यवाहक राजदुत भट्टराईको विदाई
323.   बोर्ड र एनआरएनले अत्याधुनिक सुचना केन्द्र स्थापना गर्ने
324.   एनआरएन कतारको १२ औं स्थापना दिवस सम्पन्न
325.   पोर्चुगलमा एनआरएन महिला फोरम गठन
Results 406: You are at page 13 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media