सोमवार, असार ०४ गते, २०७५
बुधवार, २०७५ जेष्ठ १५ गते ०५:२१

काठमाडौंको मुटु दरवारमार्गमा गत बर्ष खुलेको दिभान युनिसेक्स हेयर एण्ड स्किन केयरले महिला हिंसा बिरुद्धको अभियान थालेको छ । आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर सौन्दर्य सेवाको क्षेत्रमा ब्राण्डकै रुपमा स्थापित भइसकेको दिभानले सामाजिक उत्तरदायित्वको अभियान थालेको हो । 
 
बार्षिकोत्सवको अवसरमा केक काट्नुको साथै ‘स्टप वमन भ्वाइलेन्स’ लेखिएको टिसर्ट सार्वजनिक गरियो । दिभानमा कार्यरत सम्पूर्ण कर्मचारीले अवदेखि ड्युटीमा रहँदा ‘स्टप वमन भ्वाइलेन्स’ लेखिएको टिसर्ट लगाई काम गर्ने छन् भने दिभानले आफ्नो उत्पादन वा सेवामा महिला हिंसा विरुद्धको नारालाई अनिवार्यरुपमा प्रयोग गर्ने नियम बनाइएको संचालक रमेश पराजुलीले जानकारी दिए । 
 
महिलामाथि हिंसा बढिरहँदा सचेतना जगाएर केही हदसम्म भएपनि कम गर्ने दिभानले लक्ष्य लिएको छ । ‘महिला हिंसाविरुद्ध अभियान शुरु गरेर एक प्रकारको प्रेरकको भूमिका निर्वाह गर्ने प्रयास गरेका छौ’ संचालक पराजुलीले बताए । 

गुणस्तरीय सौन्दर्य सामाग्रीको प्रयोगगरी स्तरीय सेवा प्रदान गर्दै आएको दिभानले स्थापनाको एक बर्षमा नै ग्राहकको मन जित्न सफल भएको छ । 


 
केही कर्मचारी राखेर दरवारमार्गमा शुरु गरिएको दिभानमा अहिले दर्जनौ कर्मचारीले रोजगारी पाएका छन् भने आगामी दिनमा अन्य ब्रान्चहरु पनि खोलिने संचालकको भनाई छ । सरकारले विदेशबाट आयात गरिने गुणस्तरहीन सौन्दर्य सामाग्रीको अनुगमन गर्ने र सौन्दर्यजस्तो विषयमा खेलवाड गर्न नहुने दिवानको मान्यता रहेकोले अन्यभन्दा फरक रहेको संचालक पराजुली बताउँछन् ।


 
दिभानले बार्षिकोत्सवको अवसर पारेर गत आइतबार  एक रुपैयाँमा आफ्नो सौन्दर्यको सेवा प्रदान गरेको थियो । दरवारमार्ग भन्ने वित्तिकै महँगो हुन्छ भन्ने मान्यतालाई दिभानले चिर्न सकेको छ । ‘सस्तोमा गुणस्तरीय सेवा दिनु हाम्रो मान्यता हो’ संचालक पराजुली भन्छन्–‘सौन्दर्यले क्षणिक होइन दीर्घकालिन राम्रो बनाउने हो त्यसमा हामी सम्झौता गर्दैनौ ।’
 
सौन्दर्य सामाग्री विदेशबाट आयात गरेर ग्राहकलाई सन्तुष्टी दिइरहेको ब्युटियिन तथा संचालिका गायत्री पराजुली बताउँछिन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
226.   कार्की र घले भिड्दै, आजै नतिजा आउने
227.   उत्तर अमेरिका उपसंयोजक राई विरुद्ध दावी विरोध
228.   एनआरएनए महाधिवेशन आजबाट शुरु
229.   एनआरएनए अध्यक्षमा कार्कीको उम्मेदवारी दर्ता
230.   मध्यूपुर्वका एनआरएन एकै थलोमा
231.   एनआरएनए कोषाध्यक्ष पदमा रोकाहाको उम्मेदवारी
232.   एनआरएनएलाई दिन आएको लिन होइन : त्रिलोक गुरुङ
233.   एनआरएनए अभियानमा अझ शसक्त लाग्न मेरो उम्मेदवारी :भाट
234.   हजार घर बनाउन सरकार र एनआरएनबीच सम्झौता
235.   कोषाध्यक्ष पदमा बलियो पकड बनाउँदै शिवाकोटी
236.   सिन्धुपाल्चोकमा एनआरएनको सहयोगमा विद्यालय भवन शिलान्यास
237.   मानव बेचबिखन विरुद्ध एनआरएन
238.   एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकमा भोमाको दावी
239.   श्रेष्ठले एनआरएनए एसिया क्षेत्रीय उपसंयोजक पदमा नै उम्मेदवारी दिने
240.   एनआरएनए बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने
241.   एक हजार घर निर्माणका लागि एनआरएनएलाई अनुमति
242.   एनआरएनए कोषाध्यक्षमा ढकालको उम्मेदवारी
243.   एनआरएन मार्फत समाज सेवाको साँइनो बढाउँछु : एसी शेर्पा
244.   आफ्नो पक्षमा पकड बनाउँदै कोषाध्यक्षका उम्मेदवार थापा
245.   इजरायलवाट महिला उपसंयोजकमा बस्नेतको उम्मेदवारी
246.   पुनःनिर्माणमा सहकार्यबारे एनआरएन र युएसएडबीच छलफल
247.   एनआरएनए उपाध्यक्षमा रोकाहले उम्मेदवारी दिने
248.   एनआरएनएमा तन, मन र धनले सेवा गर्न मेरो उम्मेदवारी : एसी शेर्पा
249.   पुन:निर्माणमा सहकार्यबारे एनआरएनए र नेपाली सेनावीच छलफल
250.   वैदेशिक रोजगारीमा ठगि कम गर्न एनआरएनएले मोबाइल एप बनाउँदै
Results 406: You are at page 10 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media