सोमवार, असार ०४ गते, २०७५
बुधवार, २०७५ जेष्ठ १५ गते ००:३८

११ औं गणतन्त्र दिवस आज विविध कार्यक्रम गरि देशभर मनाईंदै छ । काठमाडौंको टुँडिखेल लगायत देशका विभिन्नस्थानमा भेला, कार्यक्रम तथा अन्तरक्रिया आयोजना गरिएको छ ।
 
२०६२र६३ को जनआन्दोलनको उपलब्धि मुख्य उपलव्धि गणतन्त्र स्थापना हो । गणतन्त्रका लागि आहुति दिने शहीदको सम्झना गरिदैछ । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभातफेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदैछ । संघीय सरकारले आज दिंदै आएको सार्वजनिक विदा कटौती गरेपनि प्रदेश नम्बर ५ को सरकारले प्रदेशमा सार्वजनिक विदा घोषणा गरेको छ ।
 
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो ।
 
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक-एक जोडी परेवा उडाउनुभएको थियो । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्नुभएको थियो ।
 
समारोहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, कीर्तिपुर नगरपालिकाले आआफ्ना स्थानीय कलासंस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए ।

 
झाँकीमा पञ्चकन्या सहभागी हुनुका साथै, लाखे, लाठीनाच, अष्टमातृका नाच प्रस्तुत गरियो भने बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति नेपाल, परम्परागत बौद्धधर्म संघ, जिल्ला समन्वय समिति, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय खेलकुद परिषद्ले पनि ब्यानरसहित सहभागिता जनाएका थिए ।
 
कार्यक्रममा कृषि विभाग तथा कृषि अनुसन्धान परिषद्ले नेपालमा उत्पादन हुने कृषि सामग्रीहरु समेटिएको आकर्षक झाँकी प्रस्तुत गरेका थिए ।
 
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले राष्ट्रभक्ति जगाउने राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै नेपालको लोकप्रिय नृत्य मारुनी र कौरा प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरीय ट्राफिक प्रहरी, महिला प्रहरी, सेना र प्रहरीले ब्याण्ड र कवाज प्रस्तुत गरेका थिए ।
 
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, उद्योगी व्यवसायी, निजामती, जंगीका उच्च अधिकृतका साथै समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो ।
 
समारोहको नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
226.   कार्की र घले भिड्दै, आजै नतिजा आउने
227.   उत्तर अमेरिका उपसंयोजक राई विरुद्ध दावी विरोध
228.   एनआरएनए महाधिवेशन आजबाट शुरु
229.   एनआरएनए अध्यक्षमा कार्कीको उम्मेदवारी दर्ता
230.   मध्यूपुर्वका एनआरएन एकै थलोमा
231.   एनआरएनए कोषाध्यक्ष पदमा रोकाहाको उम्मेदवारी
232.   एनआरएनएलाई दिन आएको लिन होइन : त्रिलोक गुरुङ
233.   एनआरएनए अभियानमा अझ शसक्त लाग्न मेरो उम्मेदवारी :भाट
234.   हजार घर बनाउन सरकार र एनआरएनबीच सम्झौता
235.   कोषाध्यक्ष पदमा बलियो पकड बनाउँदै शिवाकोटी
236.   सिन्धुपाल्चोकमा एनआरएनको सहयोगमा विद्यालय भवन शिलान्यास
237.   मानव बेचबिखन विरुद्ध एनआरएन
238.   एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकमा भोमाको दावी
239.   श्रेष्ठले एनआरएनए एसिया क्षेत्रीय उपसंयोजक पदमा नै उम्मेदवारी दिने
240.   एनआरएनए बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने
241.   एक हजार घर निर्माणका लागि एनआरएनएलाई अनुमति
242.   एनआरएनए कोषाध्यक्षमा ढकालको उम्मेदवारी
243.   एनआरएन मार्फत समाज सेवाको साँइनो बढाउँछु : एसी शेर्पा
244.   आफ्नो पक्षमा पकड बनाउँदै कोषाध्यक्षका उम्मेदवार थापा
245.   इजरायलवाट महिला उपसंयोजकमा बस्नेतको उम्मेदवारी
246.   पुनःनिर्माणमा सहकार्यबारे एनआरएन र युएसएडबीच छलफल
247.   एनआरएनए उपाध्यक्षमा रोकाहले उम्मेदवारी दिने
248.   एनआरएनएमा तन, मन र धनले सेवा गर्न मेरो उम्मेदवारी : एसी शेर्पा
249.   पुन:निर्माणमा सहकार्यबारे एनआरएनए र नेपाली सेनावीच छलफल
250.   वैदेशिक रोजगारीमा ठगि कम गर्न एनआरएनएले मोबाइल एप बनाउँदै
Results 406: You are at page 10 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media